स्मार्टफोनमै एटके भिडियो

हेलो टेक

सामसङले आफ्नो आगामी फ्ल्यागसिप फोन ग्यालेक्सी इलेभेनको क्यामेरामा व्यापक सुधार गर्ने भएको छ  । उक्त स्मार्टफोनले एटके गुणस्तरको भिडियो रेकर्ड गर्न सक्ने खबर आएको बाहिरिएको छ  ।

स्मार्टफोनमै एटके भिडियो

सामसङ क्यामेराको एपीके फाइलमा रहेको नयाँ कोडमा अब आउने स्मार्टफोनमा भिडियो खिच्ने गुणस्तरबारेको तथ्य भेटिएको हो ।
ग्यालेक्सी इलेभेनमा एक्सीनस ९९० चिपसेट प्रयोग हुने अनुमान छ । साथै, कुनै निश्चित देशमा बिक्री हुने डिभाइसमा भने क्वालकमले हालै ल्याएको स्न्यापड्रयागन ८६५ चिपसेट प्रयोग हुनसक्ने मानिएको छ । उक्त स्मार्टफोनमा १ सय ८ मेगापिक्सेलको क्यामेरा प्रयोग हुने चर्चा छ । सामसङले ग्यालेक्सी इलेभेनलाई तीन वटा स्क्रिन साइजमा उपलब्ध गराउने बताइएको छ । उक्त फोन ६.२, ६.४ र ६.७ ईन्चको स्क्रिनमा आउन सक्छ ।

प्रकाशित : मंसिर ६, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?