१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लाइक संख्या लुकाइँदै

हेलो टेक
हेलो शुक्रबार

सामाजिक सञ्जालमा कसैले गरेको पोस्टमा आएको लाइक र कमेन्टले उक्त व्यक्ति कति लोकप्रिय हो भन्ने अनुमान लगाउन सकिन्छ  । सेलेब्रिटीबीच सामाजिक सञ्जालमा बढी लाइक पाउन होड नै चल्छ  ।

लाइक संख्या लुकाइँदै

यसले प्रयोगकर्ताको मनोबल गिराउन सक्ने भन्दै इन्स्टाग्रामले निकट भविष्यमै लाइकको संख्या नदेखाउने भएको छ ।
यो फिचरको अहिले जापान, ब्राजिल र क्यानडाका सीमित प्रयोगकर्ताबीच परीक्षण भइरहेको छ । इन्स्टाग्रामले यो परीक्षण अब अमेरिकामा सुरु गर्ने भनेको छ । अमेरिकी प्रयोगकर्ताबीच परीक्षण भएसँगै भविष्यमा विश्वभरका प्रयोगकर्तामा यो फिचर सुरु गर्ने कम्पनीको लक्ष्य छ । पछिल्लो समय बालबालिकासहित युवाहरूमा स्मार्टफोन र सामाजिक सञ्जालको लत लागेको भन्दै प्रविधि कम्पनीको चर्को आलोचना हुने गरेको छ । यसैको प्रभावस्वरूप कम्पनीहरूले प्रयोगकर्ताको मानसिक स्वास्थ्यको ख्याल गर्दै विभिन्न फिचर ल्याउन थालेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?