एस टेनको फिंगरप्रिन्टमा समस्या

कान्तिपुर संवाददाता

सार्वजनिक भएको सात महिनापछि सामसङको पछिल्लो फ्ल्यागसिप फोन ‘सामसङ ग्यालेक्सी एस टेन’ को फिंगरप्रिन्टमा समस्या देखिएको छ  । एक जना बेलायती प्रयोगकर्ताले फिंगरप्रिन्ट जसको औंलाले पनि खुल्ने समस्या पत्ता लगाएको हो  ।

सामसङले यो समस्यलाई बुझेको भन्दै चाँडै नै यो समस्या समाधानको लागि प्याच (अपडेट) दिने घोषणा गरेको छ । सामसङले गत मार्चमा फोन सार्वजनिक गर्दा आफूले प्रयोग गरेको फिंगरप्रिन्टलाई एकदमै राम्रो दाबी गरेको थियो । एस टेनमा स्क्रिन प्रोटेक्टर प्रयोग गरे जसको औंलाले पनि फोन खुल्ने समस्या देखिएको हो । लगभग सबै फोनमा यो समस्या देखिएको समाचारहरू आइरहेका छन् ।

प्रकाशित : कार्तिक १५, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आँखा बन्द गरे पनि खुल्छ पिक्सेल फोर

कान्तिपुर संवाददाता

गुगलले दुई साताअघि ल्याएको पिक्सेल सिरिजको नयाँ स्मार्टफोन ‘पिक्सेल फोर’ मा भएको एउटा फिचरले चर्चा पाइरहेको छ  । अहिले महँगो मूल्यका सबै स्मार्टफोनले अनलक प्रयोजनका लागि फेसियल रिकग्निसन प्रयोग गरिरहेका छन्  ।

यसले प्रयोगकर्तालाई औंलाबिना पनि आफ्नो फोन खोल्ने सुविधा दिएको छ । तर, पिक्सेल फोनको फेसियल रिगग्निसन भने एक कदम अघि बढेको छ ।
सार्वजनिक समाचारहरूका अनुसार प्रयोगकर्ताले आँखा बन्द गरेर स्क्रिनतर्फ अनुहार देखाए पनि फोन अनलक हुन्छ । प्रविधिका हिसाबले यो निकै उत्कृष्ट भए पनि प्रयोगकर्ताले आँखा बन्द गरेको अवस्थामा फोन खुल्ने भए पनि निदाएको अवस्थामा अरूले फोन प्रयोग गर्ने सम्भावना हुने केहीको चिन्ता छ । यद्यपि स्मार्टफोनमा फेसियल रिगग्निसन प्रविधि आफैंमा कत्तिको उत्तम हो भन्ने बहस पनि जारी छ ।

प्रकाशित : कार्तिक १५, २०७६ ११:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×