गुगल म्यापमा नयाँ फिचर

कान्तिपुर संवाददाता

गुगल म्यापले आफ्नो आईओएस एपमा नयाँ फिचर सार्वजनिक गर्ने भएको छ  । केही समयमै आइफोनमा गुगल म्याप प्रयोग गर्नेले सडकमा भएको दुर्घटना रिपोर्ट गर्न सक्छन्  ।

यसका साथै, प्रयोगकर्ताले आफू अगाडि भएको स्पिड ब्रेकरको बारेमा पनि थाहा पाउन सक्नेछन् । गुगलले ब्लग पोस्टमार्फत आईओएस एपमा आउन लागेको नयाँ फिचरबारे सार्वजनिक गरेको हो । सडकमा भइरहेको निर्माणको अवस्था, बन्द भएको लेन, सडकमा बिग्रिएको सवारी वा कुनै वस्तुको विषयमा पनि जानकारी दिन सक्ने फिचर ल्याउन लागेको गुगलले जनाएको छ । यो आईओएस एपमा मात्रै नभएर सबै प्लेटफर्ममा चाँडै उपलब्ध हुनेछ ।

प्रकाशित : कार्तिक १५, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ज्याजको माहोल

कान्तिपुर संवाददाता

 शान्तसँग सुन्ने संगीत हो ज्याज  । सन् २००० यता नेपालमा पनि यस संगीतले चर्चा पाउँदै आएको छ  ।

विशेषगरी अक्टोबर महिनामा । यो महिना बर्सेनि ज्याज संगीतको उत्सवकै रुपमा आयोजक हुने गर्छ, ज्याजमान्डु । यसपालि १७ औं संस्करणका रुपमा ज्याजमान्डु अघिल्लो साता राजधानीमा सम्पन्न भयो ।
झम्सीखेल, पाटन, लाजिम्पाट, ठमेल, जावलाखेल, दरबारमार्ग र गोकर्ण रिसोर्टमा एक सातासम्म ज्याज संगीतले माहोल तताएको थियो । तिहारअघिको सांगीतिक माहोल तताउन फ्रान्सबाट फेबी मेडिना, क्यानडाबाट पल टायनन र ज्याक हानलन, जर्मन ब्यान्ड आरएसएक्सटी, सिंगापुरको ट्रपिक ग्रिन, अमेरिकाबाट एड्रियन क्रक्सटन र पलस फोरो आइपुगका थिए । स्वदेशी ब्यान्डहरु क्याडेन्जा कलेक्टिभ, जुनी र ब्लु फ्रेटले पनि ज्याज पारखीलाई शान्त बनाए ।

तस्बिरहरू : इलिट जोशी

प्रकाशित : कार्तिक १५, २०७६ ११:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×