आयो पिक्सेल फोर

कान्तिपुर संवाददाता

गुगलले आफ्नो स्मार्टफोन पिक्सेल फोर सार्वजनिक गरेको छ । पिक्सेल सिरिजमा गुगलले गतसाता पिक्सेल फोर र फोर एक्सएल ल्याएको हो । पिक्सेल फोर ५.७ इन्चको स्क्रिन र एक्सएल ६.३ इन्चको डिस्प्लेसहित सार्वजनिक गरिएको हो । दुवै स्मार्टफोन स्न्यापड्र्यागन ८५५ प्रोसेसर र ६ जिबी र्‍यामसहित उपलब्ध हुनेछन् ।

आयो पिक्सेल फोर

फोनमा टेलिफोटो लेन्स र लाइभ एचडीआर प्लस गरी दुई क्यामेरा रहनेछन् । एचडीआर प्लसको क्यामेरा सेटिङमा प्रयोगकर्ताले प्रकाश र छाया संयोजनको सुविधा पाउनेछन् । दुवै फोनमा १२.२ मेगापिक्सेलको प्राइमरी लेन्स र १६ मेगापिक्सेलको टेलिफोटो लेन्स प्रयोग गरिएको छ । फ्रन्ट क्यामेरा दुवैमा ८ मेगापिक्सेलको रहनेछन् । पिक्सेल सिरिजमा यसपटक गुगल असिस्टेन्टमा धेरै सुधार गरिएको बताइएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?