कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ स्वदेशमै सयर

कान्तिपुर संवाददाता

सामाजिक सञ्जाल हेर्नुपर्छ, कहिले मुस्ताङ, कहिले राराका फोटाहरू छ्यापछ्याप्ती भेटिन्छन्  । पोखराको सौन्दर्य र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शनलाई फेसबुक, इन्स्टाग्राममा बाक्लैसँग भेटिन्छ  ।

७ स्वदेशमै सयर

कहाँ घुम्ने ? के गर्ने ? सिजनअनुसार फरक हुन्छ । दुई–तीन वर्षको अन्तरमा फरक गन्तव्यले चर्चा पाइरहेको हुन्छ ।
यसपालि घटस्थापना आइतबार (१२ असोज) परेको छ । यससँगै बडादसैं सुरु हुन्छ । दसैं–तिहारका बेला लामो समयका लागि कार्यालय बन्द हुन्छन् । व्यापार–व्यवसायमा पनि फुर्सद मिल्छ । त्यसैले नेपालीका लागि यही चाडपर्व नै हो घुम्नका लागि सबभन्दा उपयुक्त समय । आर्थिक प्रगति, प्रविधिको प्रयोग र सामाजिक सञ्जालको प्रभावले हुन सक्छ, पछिल्लो दशक नेपालीहरू घुम्ने क्रम बढेको छ । गत वर्ष करिब ५० हजार नेपाली घुम्नकै लागि थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर, मलेसिया, अस्ट्रेलियालगायत युरोप र अमेरिका घुम्न गएका थिए ।
घुम्न थालेसँगै नेपालीहरूले आफ्नै देशभित्र पनि गन्तव्य बनाउन थालेका छन् । यसले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेको छ । सरकारले ॅनेपाल भ्रमण वर्ष २०२०’ मनाउँदै छ र यसमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पछिल्लो वर्ष करिब १२ लाख विदेशी नेपाल आएका थिए । आन्तरिक पर्यटकको भने कुनै तथ्यांक छैन । एक साताभित्र घुम्न सकिने ७ प्रदेशका ७ स्थानलाई यस अंकमा समेटेका छौं, जसले दसैं–तिहारको बिदामा गन्तव्य छनोटमा सहज हुन सक्छ । संयोगले विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) पनि आजै परेको छ ।

प्रकाशित : आश्विन १०, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?