कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

क्रोममा नयाँ फिचर

गुगल क्रोमले गत साता नयाँ अपडेट उपलब्ध गराएको छ  । क्रोमको ७७ औं अपडेटमा एउटा नयाँ फिचर समावेश गरिएको छ  ।

क्रोममा नयाँ फिचर

क्रोम प्रयोग भइरहेको एक वा एकभन्दा बढी डिभाइसमा कुनै लिंक सोझै पठाउन मिल्ने यो फिचरलाई सेन्ड टु डिभाइस नाम दिइएको छ ।
प्रयोगकर्ताले क्रोम ब्राउजरमा खोलेको कुनै लिंक अर्को डिभाइसको क्रोम ब्राउजरमा पठाउनुपर्‍यो भने यो निकै सजिलो फिचर हो । डेस्कटपमा गुगल क्रोममा खोलिएको लिंक पठाउनुपर्दा प्रयोगकर्ताले राइट क्लिक गर्दा नयाँ मेनु आउँछ जसमा गुगल ब्राउजर प्रयोग भइरहेको अर्को डिभाइसको सूची देखिन्छ । प्रयोगकर्ताले कुन डिभाइसमा लिंक पठाउने हो छानेपछि उक्त डिभाइसमा लिंकको नोटिफिकेसन जान्छ । प्रयोगकर्ताको आफ्नो जिमेल एकाउन्ट प्रयोग भएको डिभाइसमा मात्रै यो फिचरले काम गर्छ ।

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?