कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मोजिल्लामै भीपीएन

चर्चित ब्राउजर फायरफक्सले प्रयोगकर्तालाई भीपीएनको पनि सुविधा दिने भएको छ  । फायरफक्सका प्रयोगकर्ताले अब ब्राउजरमै भीपीएन प्रयोग गर्न पाउने छन्  ।

मोजिल्लामै भीपीएन

यो फिचरको परीक्षण भइरहेको फायरफक्सले जनाएको छ । केही सातामै प्रयोगकर्ताले फायरफक्सको अपडेटमा यो सुविधा पाउनेछन् ।
मोजिल्ला फायरफक्सले केही साता अघिमात्रै आफ्नो ब्राउजरमा सबै थर्ड पार्टी ट्र्याकर बन्द गर्ने घोषणा गरेको थियो । थर्ड पार्टी ट्र्याकर नहुने र टोर ब्राउजिङको सुविधा हुने भएकाले अहिले धेरै प्रयोगकर्ता फायरफक्स र क्रोम छाडेर ब्रेभ ब्राउजरतर्फ आकर्षित भइरहेका छन् । ब्राउजरमा भएको भीपीएनले सोही ब्राउजरबाहेक अन्यत्र भएको इन्टरनेट गतिविधिलाई सुरक्षित भने बनाउँदैन । यसका लागि आफ्नो डिभाइसमै भीपीएन इन्स्टल गर्नुपर्छ ।

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?