कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओल्ड टाउन स्टार

लिल नास एक्स गत वर्ष ॅओल्ड टाउन रोड’ गीत ल्याएसँगै खुबै चर्चामा छन् । अमेरिकाका यी २० वर्षीय गायकको गीत सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी पनि उत्तिकै लोकप्रिय भएका छन् ।
हेलो शुक्रबार

 
आम गोना टेक माई हर्स टु द ओल्ड टाउन रोड’अचेल बार, पप, होटलमा खुबै बज्ने यो गीतका गायक हुन् लिल नास एक्स  । असली नाम मोंटरो लामार हिल भएका उनी स्टेजमा लिल नास याक्सबाट परिचित छन्  ।

ओल्ड टाउन स्टार

उनी भर्खर २० औं वसन्तमा हिँड्दै छन् । लिल नास याक्स अमेरिकी गायक तथा गीत लेखक हुन् । करिब दुई वर्षअघि मात्र सांगीतिक करिअर सुरु गरेका उनी अमेरिकन कन्ट्रीसाइड र्‍याप ‘ओल्ड टाउन रोड’ सार्वजनिक गरेपछि लोकप्रिय बनेका हुन् ।


त्यसो त लिल नासले आफ्नो बाल्यकाल त्यति मजाले बिताउन पाएका थिएनन् । लिलका अनुसार उनका आमाबुबाको सम्बन्ध राम्रो थिएन । उनी सांगीतिक करिअरलाई अगाडि बढाउनकै लागि आफ्ना अभिभावकसँग छुट्टिए । उनका बुबा पनि सुखद समाचार गीतमार्फत सुनाउने गर्थे । १३ वर्षको हुँदा लिलमा इन्टरनेट र मिम (आइडिया, व्यवहार र शैली व्यक्ति–व्यक्तिमार्फत प्रचार गर्ने संस्कृति) प्रतिको अधिक लगाव भइसकेको थियो । उनी आफ्ना साथीहरूलाई जिस्काउन मिम प्रयोग गर्थे । टिनएजमा धेरै समय एक्लो भएरै पनि रमाएका थिए ।


उनी गायकभन्दा अगाडि एक इन्टरनेट सेलेब्रिटीका रूपमा परिचित थिए । उनले बनाएका इन्स्टाग्राम अनि फेसबुक भाइन (छोटा भिडियो) अहिले पनि सामाजिक सञ्जालमा भाइरल छन् । उनी पढाइको सिलसिलामा विश्वविद्यालयबाट ‘ड्रप आउट’ भए र अतिरिक्त क्रियाकलापमै रामाउन थाले । उनले सन् २०१८ मा सांगीतिक क्षेत्र रोज्दै करिअर अगाडि बढाउने निर्णय गरेका थिए ।हितैषी बिली रे साइरससँग मिलेर ‘ओल्ड टाउन रोड’ को बिट बनाएर गीत गाए । उनले यो गीत ५ अप्रिल, २०१९ मा युट्युबबाट औपचारिक रूपमा सार्वजनिक हुनपूर्व नै अन्य माध्यमबाट चर्चा कमाइसकेका थिए । चर्चामा ल्याउन उनलाई संगीतसँगै टिकटकले सहयोग गर्‍यो । उनको यो गीत टिकटकमा यति भाइरल भयो कि युट्युबमा गएर ओल्ड टाउन रोड खोजेर नहेर्ने मानिसहरू निकै कम भए । उनको गीतको चर्चाको उचाइ यति चुलियो कि ओल्ड टाउन रोड ३८ करोड बढीले हेरिसकेका छन् ।


लिल नास २० वर्षकै उमेरमा यस्तो भाग्यमानी बने कि लोकप्रियता हासिल गरेसँगै उनको गीत बिलबोर्डमा शीर्ष एक सयको सूचीमै पुग्यो । दिन–प्रतिदिन दर्शक ओइरिन थाले । त्यसले उनको जिन्दगीको बाटो नै परिवर्तन गरिदियो । सांगीतिक दुनियाँको चर्चित टेलिभिजन एमटीभीदेखि भी ह्याच ओनको हट लिस्टमा पनि उनको गीतले राम्रै स्थान पाउन थाल्यो । ओल्ड टाउन रोडको चर्चा अहिले पनि सेलाएको छैन । चर्चासँगै उनलाई कोलम्बिया रेकर्डले मार्च २०१९ मा ठूलो रकममा अनुबन्ध गर्‍यो ।ओल्ड टाउन रोडपछि उनको कार्डी बीलगायत धेरैसँग संगीत आए पनि ओल्ड टाउन रोडको जस्तो चलेको छैन । त्यसको कारण हो, उनको संगीतको लोकप्रियता । लिल नासले २०१९ को ‘प्राइड महिना’ मै उनले आफू समलिंगी भएको सार्वजनिक गरेका थिए । अमेरिकामा जुन महिनालाई प्राइड महिनाका रूपमा लिइन्छ ।


लिल नासले अरू जति नै संगीत बनाए पनि उनी ओल्ड टाउन रोडले नै चिनिने छन् । उनले टिन च्वाइस अवार्ड, एमटीभी म्युजिक भिडियो अवार्ड जिते । अमेरिकन चार्टको नम्बर १ स्थानमा सबभन्दा धेरै १७ साता रहेर कीर्तिमान पनि बनायो । उनका लागि अमेरिकन चार्टको सफता जीवनकै सबभन्दा महत्त्वपूर्ण उपलब्धि हो । उनले समर्थकलाई राम्रो संगीत दिने वाचा गरेका छन् । ओल्ड टाउन रोडले एउटा अवार्डमा तहल्का मच्चाउँदा हरेकको मनोनयनमा लिल नासको नाम गुन्जिएको थियो ।सन् २०१९ मा आएका धेरै संगीतले लिल नासलाई उछिन्न सकेनन् । ओल्ड टाउन रोड ‘हट हन्ड्रेड सिंगल चार्ट’ को शीर्षस्थानमा ६० वर्षयताकै सबभन्दा लामो समय बसेको हो । उनको गीतलाई एमिनेमको होमोसाइडरको नयाँ गीतले पनि उछिन्न सकेन । लोकप्रिय बन्दै गएपछि उनको गीत पाँच भर्सनमा निकालियो ।


पछिल्लोपटक उनले किम नाम जुनसँग सहकार्य गर्दै ल्याएको ‘सोल टाउन रोड’ स्पटिफाईमा पाँच दिनमै ४० करोड बढी दर्शकले बजाएका थिए । अर्का गायक बिली रे साइरससँग मिलेर गाएको रिमिक्स भर्सन स्पटिफाईमै ५४ करोडभन्दा धेरैपल्ट बज्यो । यसले विश्व हिपहप संगीत बदलिँदै छ भन्ने पुष्टि गरिदियो ।

[email protected]
–एजेन्सीको सहयोगमा

प्रकाशित : भाद्र २०, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?