हुवावेको नयाँ चिप

हुवावेले भिडियो टिजर रिलिज गर्दै नयाँ चिपसेट किरिङ ९९० ल्याउने घोषणा गरेको छ  । उसले सेप्टेम्बर पहिलो साता यसलाई सार्वजनिक गर्ने जनाएको छ  ।

हुवावेको नयाँ चिप

यो हुवावेका अघिल्ला चिपसेट भन्दा २० प्रतिशत द्रुत हुने दाबी गरिएको छ । हुवाले आफ्नो फ्ल्यागसिप फोनमा प्रयोग गर्ने यो चिपसेटले फाइभजी प्रविधि सपोर्ट गर्ने दाबी छ ।


हुवावेले हालै आफ्नै अपरेटिङ सिस्टम हर्मोनी सार्वजनिक गरेको थियो । गुगलले हुवावेको स्मार्टफोनमा आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्न दिने कि नदिने भन्ने द्धिविधाका बीचमा हुवावेले आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । उसले हालै विश्वकै शक्तिशाली दाबी गर्दै गरिएको एसेन्ड ९१० प्रोसेसर पनि सार्वजनिक गरेको थियो ।

प्रकाशित : भाद्र १३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?