‘माने... माने’

कुशल तिमल्सिना

 एभीसी सिनियर मेन्स पुरूष सेन्ट्रल जोन च्याम्पियनसिप नेपालले आयोजना गरेको हालसम्मकै सबभन्दा ठूलो भलिबल प्रतियोगिता हो  ।

गत साता सम्पन्न उक्त प्रतियोगितामा नेपाली टिम कम्तीमा सेमिफाइनल पुग्ने अपेक्षा गरिएको थियो तर समूहका दुवै खेल हारेपछि पाँचौं स्थानमै सीमित भयो । घरेलु टिमका
हरेक खेलमा मानबहादुर श्रेष्ठको अभाव प्रस्टै देखियो । यी स्पाइकर टिममा नहुनु रहर थियो वा बाध्यता ? बेग्लै कुरा हो । उनी स्टार खेलाडी हुन् । र, उत्तिकै लोकप्रिय ।

एभीसी सिनियर मेन्स पुरूष सेन्ट्रल जोन च्याम्पियनसिप नेपालले आयोजना गरेको हालसम्मकै सबभन्दा ठूलो भलिबल प्रतियोगिता हो । गत साता सम्पन्न उक्त प्रतियोगितामा नेपाली टिम कम्तीमा सेमिफाइनल पुग्ने अपेक्षा गरिएको थियो तर समूहका दुवै खेल हारेपछि पाँचौं स्थानमै सीमित भयो । घरेलु टिमका हरेक खेलमा मानबहादुर श्रेष्ठको अभाव प्रस्टै देखियो । यी स्पाइकर टिममा नहुनु रहर थियो वा बाध्यता ? बेग्लै कुरा हो । उनी स्टार खेलाडी हुन् । र, उत्तिकै लोकप्रिय ।

प्रकाशित : भाद्र १३, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

टरेन्टिनोको हलिउड

हलिउडका 'मास्टर ब्लास्टर' क्विन्टन टरेन्टिनो आफ्नो जीवनमा जम्मा १० वटा मात्रै फिल्म बनाउने घोषणा गरिसकेका छन् । उनको नवौं फिल्म ॅवन्स अपन अ टाइम इन हलिउड’ कस्तो छ त ?
हेलो शुक्रबार

एउटा टीभी स्टार छ, आफ्नो करिअरको शिखरबाट ओर्लिंदै गरेको  ।

एक जमानामा घरघरमा लोकप्रिय टीभी कार्यक्रमको यो स्टारको स्थिति अहिले निकै खस्किइसकेको छ । ६ महिना इटालीका ‘वेस्टर्न’ मा अभिनय गरेकी इटालीकी श्रीमतीसमेत लिएर आएको रिक डाल्टन । लस एन्जलसको सेलिब्रिटी थुम्कोमा रहेको यसको घरमा एक रात ठूलो घटना हुन्छ ।


अर्को छ अमेरिकी सेनाको पूर्वसिपाही । केही युद्धमा समेत भाग लिएको यो ‘वार भेट्रान’ को अहिलेको काम हो, रिक डाल्टन (लियोनार्डो डिक्याप्रियो) को स्टन्टम्यान । फिल्म स्टारले पर्दामा अनेक डरलाग्दा स्टन्ट गरेको देखिए पनि खासमा त्यो तिनले गरेका हुँदैनन् । उनीहरूकै जस्तै रूप, रंग र लुगा लगाएर स्टन्टम्यानले गर्छन् । रिकको स्टन्ट डबल छ, क्लिफ बुथ (ब्राड पिट) ।


तेस्रो पात्र छे, फिल्म अभिनेत्री । भर्खरै फिल्म करिअरमा उक्लिँदै गरेकी, विश्व प्रसिद्ध निर्देशक रोमन पलन्सकीसँग बिहे गरेकी । आफ्नो
सुन्दरता र अभिनयका लागि हलिउडमा नाम कमाउँदै गरेकी गर्भवती स्यारोन टेट (मार्गो रोबी) संयोगले स्टार रिकको छिमेकी हुन आउँछे ।
हलिउडका ‘मास्टर ब्लास्टर’ क्विन्टन टरेन्टिनोको नवौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ का ती मुख्य पात्र हुन् यी । ‘पल्प फिक्सन’, ‘किल बिल’, ‘ज्यांगो अनचेन्ड’, ‘इन्ग्लोरियस बास्टर्ड’ जस्ता फिल्मका निर्देशक क्विन्टनले जीवनभरिमा जम्मा १० वटामात्र फिल्म बनाउने घोषणा गरेका छन् । अब उनले एउटामात्र फिल्म बनाउनेछन् ।


‘वन्स अपन अ टाइम इन हलिउड’ लाई क्विन्टनले हलिउडलाई लेखेको प्रेमपत्र भनिएको छ । लस एन्जलसमै हुर्केबढेका क्विन्टनले सन् १९६९ को दुई दिनमाथि यो कथा आफैंले लेखेका हुन् । ‘नाइफ इन अ वाटर’ बनाएर विदेशी भाषाको ओस्कर मनोनीत भएपछि हलिउड सरेका पोलन्सकी फिल्म बनाएर बेलायत गएका बेला उनको टोलमा हमला हुन्छ । यही छ कथाको ट्विस्ट । ‘म्यानसन फ्यामिली’ का रूपमा कुख्यात एउटा समूह थियो । हिप्पी र अपराधीको मिश्रणजस्तो यो समूहले केही सेलिब्रिटीहरूमाथि हमला गरेको थियो । यिनको अड्डामा क्लिफको एउटा सिंगै सिक्वेन्स छ । जो फिल्मको हिंस्रक क्लाइमेक्ससँग जोडिन आइपुग्छ ।


फिल्ममा केही वास्तविक पात्र छन् भने केही काल्पनिक । ‘चाइना टाउन’ र ‘द पियानिस्ट’ जस्ता फिल्म बनाउने पोलन्सकी यसका वास्तविक पात्र हुन् । उनकी गर्भवती पत्नी अभिनेत्री स्यारोनको सन् १९६९ को त्यो रात साँच्चिकै हत्या भएको थियो । तर, फिल्म यही घटनामाथि मात्रै आधारित छैन । फिल्मले एउटा स्टार र उसको स्टन्टम्यानको सम्बन्धलाई पनि देखाउँछ । जुन फिल्मकै अनुसार ‘साथीभन्दा अलि बढी, श्रीमतीभन्दा अलि कम’ छ । हलिउड कसरी चल्छ ? यसको शक्ति र सत्ता संरचना कस्तो हुन्छ ? त्यसबेलाका स्टारको जीवन कस्तो थियो ? यी सबै कुरा फिल्ममा छन् । टरेन्टिनोले सत्य घटनाहरूलाई लिए पनि तिनलाई काल्पनिक जसरी प्रस्तुत गरेका छन् । जस्ताको तस्तै देखाएर डकुमेन्ट्री बनाउनेतिर उनी लागेका छैनन् । फिल्मको ट्रेलर आएदेखि नै ब्रुस लीबारे चर्चा सुरु भएको थियो । फिल्ममा ब्रुस ली जम्मा एक दृश्यमा छन्, जसमा उनलाई भरमार उडाइएको छ । ब्रुस लीलाई घमण्डी त देखाइएको छ नै साथै स्टन्टम्यान क्लिफका अगाडि ब्रुस ली केही थिएनन् भन्ने पनि देखाइन्छ । जबकि संसारभर मार्सल आर्टमा ब्रुस ली धेरै ठूलो नाम हुन् ।


संसारको सबभन्दा ठूलो फिल्म उद्योग हलिउड । त्यसका सबभन्दा प्रभावशालीमध्येका एक निर्देशक र अहिलेको समयका दुई सबभन्दा ठूला सुपरस्टार । यो फिल्मको चर्चा हुनु नै थियो । २५ वर्षअघि क्यान्स फिल्म फेस्टिभलमा टरेन्टिनोको ‘पल्प फिक्सन’ प्रिमियर गरिएको थियो । १० वर्षअघि ‘इन्ग्लोरियस बास्टर्ड’ र यसपालि ‘वन्स अपन...’ । कोरियाको फिल्म ‘प्यारासाइट’ ले पाम दि ओर उडाएको फेस्टिभलमा टरेन्टिनो खाली हात फर्किए पनि यो फिल्मले भने थिएटरभरि दर्शक पायो । टरेन्टिनोलाई हलिउडमा आफैंमा एक ‘जनरा’ मानिन्छ । यो जनरा मन पराउनेका लागि ‘वन्स अपन...’ छुटाउनै नहुने खुराक हो ।

प्रकाशित : भाद्र ६, २०७६ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्