म्याप ल्याउँदै हुवावे

केही अघि मात्रै आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको चिनियाँ कम्पनी हुवावेले अब आफ्नै म्याप सर्भिस पनि ल्याउने भएको छ  ।

म्याप ल्याउँदै हुवावे

अमेरिकी कम्पनी गुगलले विकास गरेको एन्ड्रोइड आधारित स्मार्टफोन बिक्री गर्दै आएको हुवावेलाई गुगलले प्रतिबन्धको चेतावनी पछि हुवावेले आफ्नै सेवाहरू विकास गर्न थालेको हो ।

हुवावेका अनुसार ‘म्याप किट’ नाम रहने यो सेवाले वास्तविक समयमै सडकको अवस्थाबारे जानकारी दिन सक्नेछ । यो सर्वसाधारण प्रयोगकर्ताको लागि भने तत्काल उपलब्ध हुने छैन । हुवावेका अनुसार यो सेवा सुरुमै ४० वटा भाषामा उपलब्ध हुनेछ । यो म्यापमा ट्राफिकको अवस्था र लेन पहिचान गर्ने सुविधा पनि हुनेछ । हुवावेले केही अघि सार्वजनिक गरेको आफ्नो अपरेटिङ सिस्टम हर्मोनीले पनि स्मार्टफोनसहित सबै खालका डिभाइसमा काम गर्न सक्छ ।

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?