फेसबुकले समाचार किन्ने

कान्तिपुर संवाददाता

फेसबुक आफ्नो पुरानो योजनालाई ब्युँताउँदै पुनः सक्रिय बनेको छ  । वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको तथ्यअनुसार फेसबुकले विश्वका नाम चलेका सञ्चार गृहसँग नयाँ सम्झौताका लागि सम्पर्क गरिरहेको छ  ।

फेसबुकले समाचार किन्ने

फेसबुकले आफ्नो एपमा समाचारका लागि छुट्टै खण्ड राख्ने योजना बनाएको छ । यसका लागि विभिन्न सञ्चार गृहले समाचारहरू दिऊन् भन्ने उसको चाहना हो ।


यसका लागि सञ्चार गृहहरूसँग वार्षिक ३० लाख अमेरिकी डलरसम्मको सम्झौता गर्ने फेसबुकको चाहना छ । यस्तो सम्झौताले फेसबुकलाई आफ्नो प्लेटफर्ममा राख्ने समाचारका लागि कपिराइट दिनेछ । यस्ता समाचार गृहले फेसबुकलाई सुरुमा हेडलाइन र समाचारको केही अंश उपलब्ध गराउने छन् र त्यसपछि मात्रै आफ्नो वेबसाइटमा प्रकाशित गर्न पाउने छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?