१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एकसाथ दुई स्टार

हिजो टाइगर श्राफ फ्यान थिए, ऋतिक रोशनको । आज टाइगरको फ्यान भएका छन्, ऋतिक । उनको प्रशंसा गरेर थाक्दै थाक्दैनन् ।
हेलो शुक्रबार

 
फिल्ममा आएपछि टाइगर श्राफलाई एउटा प्रश्न बारबार सोधियो, ‘तपाईंको प्रेरणाको स्रोत को हो ?’ टाइगरले कहिल्यै जवाफ फेरेनन्  । सधैं ऋतिक रोशनको नाम लिइरहे  ।

एकसाथ दुई स्टार

अहिले भारतीय मिडियाले ऋतिक रोशनलाई सोध्न थालेका छन्, ‘तपाईं कोबाट प्रभावित हुनुहुन्छ ?’ ऋतिकको जवाफले सबैलाई अचम्मित तुल्याउने गर्छ । कारण, उनी निर्धक्क टाइगरको नाम लिने गरेका छन् । ऋतिक भन्छन्, ‘जब टाइगर अगाडि हुन्छन्, म अल्छी हुनै सक्दिनँ । छुट्टै ऊर्जा मिल्छ ।’


टाइगर जब बुझ्ने भए, ऋतिक फिल्ममा स्टार भइसकेका थिए । त्यसैले उनी ऋतिकको फ्यान हुनु ठूलो कुरा भएन । ऋतिकचाहिँ कसरी उनको फ्यान भए त ? रोचक प्रश्न यो हो । जसको शृंखला सुरु हुन्छ, ‘वार’ बाट । यशराज फिल्मस्को ‘वार’ मा सँगै काम थालेबाट हो, टाइगरसँग ऋतिक फिदा भएको । आजकल उनी टाइगरको प्रशंसा गरेर थाक्दै थाक्दैनन् । बलिउड हंगामासँग ‘सुपर ३०’ मा गणितज्ञ आनन्दकुमार चर्चा कमाएका यी अभिनेताले भनेका छन्, ‘अबको ५० वर्ष टाइगरलाई छुन सकिँदैन । अनुशासन, मानवीयता र जोशले भरिपूर्ण छन् ।’ आफ्नो
‘आइडल हिरो’ बाट यस्तो प्रशंसा पाएपछि टाइगर फुरुङ हुने भइहाले । उनले त ऋतिकसँग स्क्रिन सेयर गरेको अझ विश्वास नलागेको भनिसकेका छन् ।


ऋतिक र टाइगरबीच अनेक समानता छन् । दुवै स्टार किड्स हुन् । ऋतिकका बाबु राकेश रोशन फिल्म निर्देशक हुन् । टाइगरका बाबु ज्याकी श्राफलाई नचिन्ने को होला र ? जसले चार सयभन्दा धेरै हिन्दी फिल्ममा आफ्नो बेजोड अभिनय कला पस्किसकेका छन् । ऋतिकले सन् २००० मा ‘कहो ना प्यार हे’ बाट डेब्यु गरेपछि तीन गुणले दर्शकमा परिचित भए, डान्स, एक्सन र गुड–लुकिङ । आज टाइगर यी तीनै गुणले भरिएका छन् । उनको फ्यान फलोइङ यति लोभलाग्दो छ की जुन फिल्म खेल्छन्, हिट भइहाल्छ । यी दुवै हिरो खासगरी बच्चामाझ औधी लोकप्रिय छन् । प्रायः लार्जर देन लाइफ भूमिकामा देखा पर्छन् । यति हटकेक हिरोलाई एउट फिल्ममा देख्न पाउनु फ्यानका लागि पनि खुसीको खबर हो । जसले फिल्मलाई व्यग्र प्रतीक्षित बनाउँछ । ‘वार’ ले बक्सअफिसमा धुम मच्चाउने छनक मिलिसकेको छ । टिजरले नै युट्युबमा भ्युजको रेकर्ड राखिसकेको छ । फिल्म हेर्नचाहिँ २ अक्टोबरसम्म कुर्नुपर्नेछ ।


मिडियाका अनुसार, ‘वार’ मा टाइगरको गुरु बनेका छन्, ऋतिक । समयक्रमसँगै उनीहरूबीच द्वन्द्व उत्पन्न हुन्छ र एकअर्काविरुद्ध भिड्छन् । यसको टिजरमा हलिउडको झल्को दिने एक्सन सिक्वेन्स देख्न पाइन्छ । निर्माण पक्षले पनि हिन्दी फिल्ममा यसअघि नसमेटिएका अद्भुत एक्सन राखिएको दाबी गरेको छ । यस फिल्मका लागि हलिउड र कोरियाका नामुद एक्सन कोरियोग्राफर ल्याइएको थियो । निर्देशक सिद्धार्थ आनन्दले भनेका छन्, ‘हामीलाई ऋतिक र टाइगरमार्फत हाम्रो फिल्मको एक्सनको स्तरमा नयाँ बेन्चमार्क बनाउनु छ । हामीले त्यहीअनुसार काम गरेका छौं ।’ ऋतिक र टाइगर दुवैले एक्सनमा ‘इन्जोय’ गर्ने भएकाले निर्माण पक्षलाई सहज भइदियो ।

[email protected]
(एजेन्सीको सहयोगमा)

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?