कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फैलिँदै बाइटडान्स

कान्तिपुर संवाददाता

टिकटक लोकप्रिय बन्दै गएपछि यसको स्वामित्व भएको चिनियाँ कम्पनीको वर्चस्व पनि फैलिँदै गएको छ  । उसले गत साता आफ्नै स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ  ।

फैलिँदै बाइटडान्स

यसअघि कम्पनीले स्मार्टफोन सार्वजनिक गर्न लागेको रिपोर्टहरू सार्वजनिक गरेपछि गत साता बल्ल कम्पनीले यसलाई पुष्टि गरेको हो ।
बाइटडान्सले स्मार्टफोन निर्माणका लागि स्मार्टिसन कम्पनीको धेरै प्याटेन्ट राइट किनेको छ भने स्मार्टिसनमा काम गरिरहेका धेरै कर्मचारी पनि लिएको छ । स्मार्टिसनका पुराना उपभोक्तालाई लक्षित गरी स्मार्टफोन तयार पार्न लागेको कम्पनीले जनाएको छ । बाइटडान्सले स्मार्टफोन निर्माणबाहेक म्यासेजिङ प्लेटफर्म र म्युजिक स्ट्रिमिङ सेवामा पनि हात हाल्ने तयारी गर्न लागेको खबर आएको छ ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?