कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हुवावेमा एन्ड्रोइड नै

कान्तिपुर संवाददाता

अमेरिकी सरकारको नीतिप्रति अमेरिकी कम्पनी गुगलले आफ्नो उत्पादन एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेपछि चिनियाँ स्मार्टफोन निर्माता हुवावे समस्यामा परेको थियो  । तर, अमेरिकाले हुवावेमाथि नरम नीति लिने घोषणा गरेपछि कम्पनीको सुखका दिन कायमै रह्यो  ।

हुवावेमा एन्ड्रोइड नै

गुगलले तीन महिनापछि एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हङमेन एक महिनाभित्र प्रयोगमा ल्याउने जनाएको थियो । स्मार्टफोनसहित कम्युटरमा समेत प्रयोग गर्न सकिने अपरेटिङ सिस्टम एन्ड्रोइडभन्दा छिटो हुने दाबी गरिएको थियो । तर, विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरूका अनुसार कम्पनीले अब आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्ने नभई स्मार्टफोनमा गुगलकै अपरेटिङ सिस्टम एन्ड्रोइडको प्रयोगलाई निरन्तरता दिने घोषणा गरेको छ ।

प्रकाशित : श्रावण १०, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?