३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्रिप्टोकरेन्सी योजना स्थगित

फेसबुकले क्रिप्टोकरेन्सी प्रचलनमा ल्याउने तयारी तत्कालका लागि स्थगित गरेको छ  ।

क्रिप्टोकरेन्सी योजना स्थगित

उसले सम्बन्धित निकायले मान्यता नदिएसम्म आफ्नो योजना स्थगित गरेको जनाएको छ । फेसबुकले गत महिना क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरेलगत्तै यसको व्यापक आलोचना भएको थियो ।


क्रिप्टोकरेन्सीको व्यापक प्रयोग हुन थाले यसले सबै देशको आर्थिक प्रणाली ध्वस्त पार्ने भन्दै चिन्ता व्यक्त हुँदै आएको छ । फेसबुकको योजना सार्वजनिक भएपछि अमेरिकासहित युरोपियन वित्तीय प्रणालीका सम्बन्धित अधिकारीहरूले पनि यसको आलोचना गर्दै आएका छन् । फेसबुकले भने आफूले सार्वजनिक गर्ने लिब्रा क्रिप्टोकरेन्सीका कारण कुनै पनि देशको वित्तीय प्रणालीमा असर नगर्ने दाबी गर्दै आएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?