१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सुरक्षित तर महँगो यामाहा एफजेडएस भी ३

काठमाडौँ — अहिलेको पुस्ताको बाबु/बाजेको जमाना थियो– टु स्ट्रोक बाइक चढने । त्यसपछिको पुस्ताले रोजे फोर स्ट्रोक । तर पुस्ताको सोच, चाहना र जमानै बदलिइसकेको छ । त्यसैले अहिलेको पुस्ताले बाइक रोज्नु पर्दा सुरक्षित, आरामदायी, स्टाइलिस र पर्फर्मेन्स धेरै दिने रोज्छन् । 

सुरक्षित तर महँगो यामाहा एफजेडएस भी ३

त्यही भएर होला सन् ११९० को दशकसम्म यामाहाका एक सय र १२५ सीसीका बाइक निकै नै लोकप्रिय थिए । तर जमानासाथै प्रविधि पनि परिवर्तन भयो, युवापुस्ताको रोजाइ परिवर्तन भयो । नयाँनयाँ मोडल र क्षमताका बाइक रोजाइमा पर्न थाले । जुन यामाहासँग थिएन । करिव १०/१५ वर्ष यामाह युवा माझ झुण्डिन सकेन । प्रतिस्पर्धी बाइक कम्पनीहरु बजाज, हिरो होण्डाले बजार तताउन थाल्यो । यामाहाका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाह भन्छन्, ‘हामी सन् २००८ भन्दा अगाडिका केही वर्ष यस्सै हराएका थियौं । तर अहिले अवस्था परिवर्तन हुँदै छ ।’


बीचको समयमा यामाहाले धेरै अनुसन्धान गर्दै सन् २००८ मा एफजेडएस बाइक सार्वजनिक गर्‍यो । हेर्दा स्टाइलिस्, १५० सिसी क्षमताको इन्जिन, सुरक्षित लगायतका नयाँ फिचर थपेर ल्याएपछि सहरका बाटोमा बिलाउँदै गएको यामाहाले विस्तारै युवाको आखा तान्न थाल्यो । त्यसको करिव ६ पर्षपछि सन् २०१४ मा एफजेडएस भर्सन २ ल्याउँदासम्म बजारमा बाक्लै उपस्थिति जनाइसकेको थियो । नेपालको टु हिृवलर अटोमोबाइलको बजारमा पाँचौं नम्बरतिर रहेको यामाहा सन् २०१८ मा आइपुग्दा तेस्रो नम्बरमा उक्लिन सफल भयो ।


यामाहाले सन् २०१९ मा फेरि त्यही एफजेडएस भर्सन ३ ल्याएपछि दोस्रो नम्बरको लागि संघर्ष गरिरहसको छ । पछिल्लो समय बजारमा यामाहाको एफजेडएस भी ३ को राम्रो उपस्थिति रहेको छ ।


कार्यकारी अधिकृत शाह भन्छन्, ’हामी कुनै बेला टु हिृवलरको क्षेत्रमा हराउने लाग्दा विश्वमा चलेको हाम्रो ब्राण्डलाई नयाा तरिकाले ल्याउनुपर्छ भनेर लोकप्रिय एफजी भर्सनलाई भारत र नेपालको बजारमा भित्र्यायौं । जुन यामाहाको लागि फलिफाप हुन पुग्यो ।’


हुन पनि केही नयाा प्रविधिसहित ल्याइएको एफजीएस भी ३ युवामा लोकप्रिय बन्दै छ । यसको सबैभन्दा राम्रो पक्ष यसमा फ्युल इन्जेक्सन (एफआइ) र एन्टी ब्रेक सिस्टम (एबिएस) छ । जुन यसका प्रतिस्पर्धी बाइकहरुमा छैन । १५० सीसी सेग्मेन्टका बाइकहरुमा यस्तो सुविधा दिइएको पहिलोपटक हो ।


फ्युल इन्जेक्सन, जसले इन्जिनको क्षमता बढाउन मद्दत गर्छ । बाहिरको वातावरण हेरेर इन्जिनमा फ्युल कति फाल्ने निर्धारण गर्छ । जसले गर्दा इन्जिनको इफिसियन्सी बढ्छ । फ्युल कम लाग्ने हुन्छ । हुनपनि नेपालको हावइवे मा एफजीएस भी ३ मा १ लिटर पेट्रोल हाल्दा ४८ किलोमिटर गुड्छ । जबकी यसका अन्य प्रतिस्पर्धी बाइक पल्सर, युनिकर्न, सुजुकी लगायतका बाइकले त्यो माइलेज दिँदैन । सहरी क्षेत्रमा पनि ४२ देखि ४५ किलोमिटर प्रतिलिटर माइलेज यो बाइकले दिन्छ ।


यसको अर्को विशेषता भनेको एबिएस हो । यसले स्पिडमा रहेको बाइक रोक्किँदा चिप्लनबाट जोगाउँछ । त्यसैले त यो बाइक सुरक्षित रहेको यामाहाको दाबी छ । हुन त अहिले यसको प्रतिस्पर्धी बाइकमा अगाडि र पछाडि डिस्क ब्रेक छन् । तर अन्य बाइकमा डिस्क ब्रेक लागाउँदा चिप्लन्छ र दुर्घटनाको जोखिम बढी हुन्छ । तर यामाहको यो बाइक एबिएसकै कारण चिप्लिँदैन । शाह भन्छन्, ’एबिएसले चिप्लने हैन बाइक घ्याच्च घ्याच्चै गर्दै रोकिन्छ । जसले दुर्घटनाको जोखिम कम गरिदिएको छ ।’


१४९ सिसीको यो बाइकमा भर्सन टुमा जस्तै छन् अन्य विशेषताहरु । तर यसको लुकिङ फरक छ । स्टाइलिस छ । सुरक्षित छ । सिट आरामदायी छ । भर्सन २ मा सीट २ खण्डमा छुट्ट्याइएको थियो भने यसमा त्यस्तो गरिएको छैन । सीट फ्ल्याट छ । जसले बस्दा बढी आरामदायी बनाएको छ ।


यसैगरी बाइक हल्का पनि छ । यही सिरिजका बाइकहरु १४३ किलोग्राम भन्दा बढी तौलका छन् भने यो १३७ किलो मात्रै छ । जसले कुदाउँदा त्यति धेरै गह्रौं अनुभव नै हुन्न । शाह भन्छन्, ’हुन त पहिलापहिला बाइकमा मेटल प्रयोग गर्नुपर्छ भनिन्थ्यो । तर आजकाल उत्कृष्ट गुणस्तरका प्लाष्टिक प्रयोग गरेर बाइकहरु आइरहेका छन् । जसले बाइक हल्का बनाउने र पर्फर्मेन्स बढाउने काम गरेको छ ।’


यो बाइक रोमाञ्चक राइडकै लागि बनेको हो । युवा पुस्ताको रोजाइअनुसार निर्माण भएको यो बाइकले नेपाली सडकमा आफ्नो गजबको अब्बलता प्रदर्शन गर्दैछ ।


यामाहाले सँधै ग्राहकको सुरक्षामा ध्यान दिँदै आएको छ । सुरक्षाका हिसावले पनि यो बाइक उत्कृष्ट छ, त्यसैले शक्तिशाली यामाहा एफजेडएस-एफआई भी थ्रीलाई ‘दी लर्ड अफ दी स्ट्रिट’ नाम दिइएको छ ।


एबीएस र ‘फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिन’ नै यो बाइकको मुख्य विशेषता हो । यसैकारण यो आर्थिक र वातावरणीय रुपमा पनि १५० सीसीको सेगमेन्टमा सर्वोत्कृष्ट मोटरसाइकल बनेको छ । सहरका लागि झन् उत्कृष्ट छ ।


यसमा ‘सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिन छ । जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसको फ्रिन्ट र ब्याक दुवै हिृवलमा डिस्क ब्रेक छ ।

यामाहाको यो बाइक यही सिरजका अन्य बाइक भन्दा केही करिव ३० देखि ५० हजार रुपैयाँसम्म महँगो छ । पल्सर, युनिकर्न, सुजुकी जिक्सर, होण्डा हर्नेट, टिभीएस अपाची, हिरो एक्ट्रिम लागयताका यसका प्रतिस्पर्धी भन्दा महँगो एफजेडएस भी ३ महँगो छ ।

प्रकाशित : असार २७, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?