कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'आर यु स्योर'

इन्स्टाग्राम केही समयदेखि धेरै तनावमा छ  । विशेषतः किशोरावस्थाका प्रयोगकर्ता बढी सक्रिय रहने फेसबुक स्वामित्वको यो प्लेटफर्मलाई अनलाइन बुली नियन्त्रण गर्नुपर्ने दबाब छ  ।

'आर यु स्योर'

अनलाइनमा हुने बुलिङका कारण केही किशोरकिशोरीहरू डिप्रेसनको अवस्थामा पुगेको घटनाहरूपछि इन्स्टाग्रामलाई दबाब बढेको हो । इन्स्टाग्रामले ब्लगमार्फत सार्वजनिक गरेको जानकारीअनुसार कम्पनीले यस्ता बुली नियन्त्रणका लागि नयाँ टुलको विकास गरिरहेको छ । दुई चरणमा सार्वजनिक गरिने टुलले प्रयोगकर्तालाई बुलिङबाट बचाउने उद्देश्य राखेको छ । पहिलो टुलले इन्स्टाग्राममा कमेन्ट गर्ने प्रयोगकर्ताले कुनै दुरुत्साहित हुने शब्दहरू प्रयोग गरे पुनर्विचारका लागि आग्रह गर्नेछ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत प्रयोगकर्ताले प्रयोग गर्न सक्ने दुर्व्याच्य तथा दुरुत्साहन गर्न सक्ने शब्द पहिचान गर्न सक्ने बनाइने इन्स्टाग्रामले जनाएको छ । कुनै प्रयोगकर्ताले अरूको पोस्टमा नराम्रा शब्दहरू प्रयोग गरी कमेन्ट गर्न लागे यो टुलले प्रयोगकर्तालाई आर यु स्योर भन्दै पुनर्विचारका लागि समय दिनेछ । दोस्रो चरणमा सुरु गरिने अर्को टुलले भने प्रयोगकर्ताको कमेन्टमा आएका नराम्रा शब्दसहितका टिप्पणीलाई स्वतः हटाउन सहयोग गर्नेछ ।

प्रकाशित : असार २७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?