३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हुवावेको होङमेङ

हेलो टेक

चिनियाँ कम्पनी हुवावेलाई अमेरिकी सरकारले प्रतिबन्धित सूचीमा राखेपछि अमेरिकी कम्पनीले गत महिना आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्न नदिने निर्णय गरेको थियो  । तीन महिनाको म्याद दिइएको यो निर्णय कार्यान्वयन हुनुअघि नै हुवावेले राहत महसुस गरिसकेको छ  ।

हुवावेको होङमेङ

अमेरिकी सरकारले यो निर्णय फिर्ता लिएर हुवावेलाई अमेरिकामा व्यापारका लागि सहजता दिने संकेत गरिसकेको छ । हुवावेले भने आफ्नै अपरेटिङ सिस्टम होङमेङको निर्माण र विकासलाई जारी राखेको छ । हुवावेले होङमेङ मोबाइल फोनका लागि मात्रै नभएर कम्प्युटर, इन्टरनेट अफ थिङ्स र स्वचालित कारमा समेत प्रयोग हुने दाबी गरेको छ । कम्पनीले सम्भवतः आफ्नो आगामी स्मार्टफोन मेट थर्टी वा पी फोर्टी सिरिजका स्मार्टफोनमा यसलाई प्रयोग गर्दै छ । यी स्मार्टफोनमा होङमेङ अपरेटिङ सिस्टमको नाम आर्क ओएसका रूपमा ब्रान्डिङ गर्ने तयारी छ । यो गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत छिटो हुने हुवावेको दाबी छ ।

प्रकाशित : असार २७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?