कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुरक्षित भेन्यु

कार प्रयोगकर्ताहरूका लागि नेपाली बजारमा दसैं अगावै ‘हुन्डाई भेन्यु’ नयाँ कार पनि पाइने भएको छ  । ‘कम्प्याक्ट एसयूभी भेन्यु’ यो कार पनि मध्यमवर्गीय कार प्रयोगकर्ताहरू लक्षित हुनेछ  ।

सुरक्षित भेन्यु

किनकि नेपाली बजारमा औसतमा २०/३० लाखबाट ५०/६० लाख रुपैयाँसम्मको कार प्रयोगकर्ताको संख्या अत्यधिक छ । अर्थात् हुन्डाई भेन्युले पनि मूल्यमा मध्यम वर्गीय कार प्रयोगकर्ताहरूलाई नै लक्षित गरेको छ । यो कारको मूल्य बढीमा ५५ लाखसम्म हुने अनुमान गरिएको छ ।
‘३६ लाख रुपैयाँदेखि ५५ लाखसम्ममा नेपाली बजारमा उपलब्ध गराउन सकिन्छ भन्ने हाम्रो अनुमान छ,’ नेपालस्थित हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने, ‘आउँदो नाडा अटो शो अगावै हुन्डाई भेन्यु नेपाली बजारमा उपलब्ध गराउने तयारी हो ।’ नाडा अटो शो भदौ १० गतेबाट हुँदै छ ।
हुन्डाईले जनाएअनुसार सवारी सुरक्षाका दृष्टिकोणले यो कार निर्माणमा उच्च प्राथमिकता दिइएको छ । ‘अगाडिको टायरमा डिस्क ब्रेक र पछाडिको टायरमा ड्रम ब्रेक लगाउन सकिनेछ,’ भारतमा कार सार्वजनिक समारोहपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उच्च गतिमा रहँदा पनि तत्काल ब्रेक लगाउन सकिनेछ ।’ सुरक्षा सम्बन्धी महत्त्वपूर्ण उपकरणहरू एयरब्याग, चालक छेउको अगाडि सिटमा बस्नेहरूका लागि प्यासेन्जर एयरब्याग पनि रहेको छ । ६ वटा प्यासेन्जर एयरब्याग रहेको छ । इन्जिनलाई पूर्ण रूपमा बन्द गर्न सकिने इन्जिन इमोबीलाइजर, सेन्ट्रल लकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, स्फिड सेन्सिङ, अटो त्र्यास नोटिफिकेसन, प्यानिक नोटिफिकेसन, सिटबेल्ट रिमाइन्डर र उच्च गतिमा हुँदा सचेत गराउने गरी सबै प्रकृतिका सुरक्षासम्बन्धी उपकरण र प्रविधि रहेको कम्पनीले दाबी गरेको छ ।
यो कार सानो परिवार भएकाहरूका लागि र नेपालजस्तो जटिल भौगोलिक अवस्थिति तथा सडकअनुसार पनि उपयुक्त हुने देखिन्छ । जसको सिट क्षमता ५ हो । फोर ह्वील ड्राइभ गर्न सकिने यसको लम्बाइ करिब ४ मिटर र चौडाइ १.७ मिटर र उचाइ १.५ मिटर रहेको छ । यो ‘एसयूभी–४’ कार हो । हुन्डाईकै अर्को एसयूझी कार त्रेटाभन्दा सानो छ ।
काठमाडौंजस्तो घुइँचो र उपत्यका बाहिरका खाल्डाखुल्डी भएको सडकमा समेत चलाउन सजिलो हुने देखिन्छ । ह्वील बेस हाइट अर्थात् चक्काभन्दा माथि जमिनले छुन सक्ने उचाइ २.५ मिटर छ । पेट्रोल र डिजेल दुवै विकल्पमा उपलब्ध छ । ‘३ वर्षको वारेन्टी हुनेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने । ५ र ६ गियरमा उपलब्ध हुने यो कारको ट्यांकीको क्षमता ४५ लिटर हो । पेट्रोलको माइलेज १७.५ किलोमिटर प्रतिलिटर र डिजेलमा २३.७ किलोमिटर प्रतिलिटर हुने दाबी गरिएको छ ।
टर्वो इन्जिन छ । मूल्य, बनावट तथा सुविधाको हिसाबले हुन्डाई एसयूभीले नेपाली बजारमा उपलब्ध मुख्य तीन कारहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्सन यो कारका मुख्य प्रतिस्पर्धी हुन् । मूल्यका हिसाबले हुन्डाईको आफ्नै ब्रान्ड ‘हुन्डाई क्रेटा’ सँग समेत यो कारले केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । ‘मुख्य गरी तीन वटा ब्रान्डसँग हुने देखेका छौं,’ उनले भने, ‘माथिल्लो मूल्यको भेन्यु र क्रेटाबीच केही मात्रामा प्रतिस्पर्धा हुनेछ ।’ गत मे महिनाको तेस्रो साता भारतमा बिक्री सुरु भएको ‘कम्प्याक्ट एसयूभी भेन्यु’ ले नेपाली बजारमा कस्तो सफलता पाउने भन्ने निर्धारण भने दसैं/तिहारपछि हुनेछ ।

प्रकाशित : असार २७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?