२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विद्युतीय कारमा आवाज

अहिले उत्पादन भइरहेका विद्युतीय कारमा आवाज आउँदैन  । प्रदूषण नगर्ने र आवाज ननिकाल्ने भएकाले यसलाई आनन्ददायी सवारी पनि भनिन्छ  ।

विद्युतीय कारमा आवाज

तर, युरोपियन युनियन (ईयू) ले सोमबारदेखि लागू हुने गरी नयाँ नियम ल्याएको छ । यो नियम अनुसार अब उत्पादन हुने नयाँ मोडलका विद्युतीय कारमा आवाज आउने उपकरण जडान गर्नुपर्छ । कारमा आवाज नहुँदा सडकमा हिँड्ने पैदल यात्रु असुरक्षित हुने भएकाले यस्तो कानुन ल्याइएको हो ।


ईयूले ल्याएको नयाँ कानुनले अन्य देशमा पनि प्रभाव पार्न सक्छ किनकि अहिलेसम्म विद्युतीय कारमा आवाज हुनुपर्छ कि पर्दैन भन्ने विषयमा व्यापक छलफल भएको छैन । सन् २०२१ देखि भने सबै विद्युतीय कारमा आवाज आउने उपकरण जडान हुनुपर्नेछ । ईयूले सन् २०४० देखि सबैखाले डिजेल वा पेट्रोलबाट गुड्ने सवारी प्रतिबन्ध लगाउने आफ्नो योजनाको घोषणा गरिसकेको छ ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?