१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रेश्माको शट

रेश्मा भण्डारी कोर्टभित्र आफ्ना सहकर्मीलाई ‘चियर अप’ गरिरहेकी हुन्छिन्, ‘फिल्ड पोजिसन’ मा ध्यान दिन्छिन्  । कोर्टमा उनी अघोषित नेताजस्तै देखिन्छिन्  ।

रेश्माको शट

त्यसो त उनको पोजिसन नै त्यस्तै, ब्याक अलराउन्डर । पछिल्लो ७–८ वर्षदेखि घरेलु महिला भलिबलमा एकछत्र राज गरिरहेको विभागीय टोली एपीएफकी महत्त्वपूर्ण खेलाडी रेश्माको कोर्टभित्रको परिचय हो, यो ।


कोर्टबाहिर पनि उनले अर्को परिचयको प्रयास गरेकी थिइन्, केही वर्षअघि । दुई वर्षअघि सुपर मोडल प्रतिस्पर्धामा सहभागी भएकी उनलाई भलिबल ‘क्वीन’ पनि भनिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा उनको चहलपहल बाक्लो छ । टिकटकमा उनको फलोअर १ लाख ९१ हजार बढी छ । उनको भिडियोमा २१ लाख बढी लाइक देखिन्छ । इन्स्टाग्राममा २ हजार बढी फलोअर्स छन् ।


नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५’ को पिपुल्स च्वाइस विधामा विजेता भएपछि रेश्माले न्यु डायमण्ड भलिबल क्लबका प्रशिक्षक कुमार राईलाई स्मरण गरिन् । प्रशिक्षक राईले नै उनलाई भलिबलमा आकर्षित गरेका थिए । उनले क्वीक स्पाइकरको पोजिसनमा २०६५ सालमा पाँचौं र ०६८ मा छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन मध्यमाञ्चलबाट सहभागिता जनाएकी थिइन् ।


२०६८ सालमा एपीएफमा आबद्ध भएपछि रेश्माको करिअरले उचाइ लियो । ब्याक अलराउन्डरको परिस्कृत पोजिसनमा उनले आफूलाई यसरी प्रमाणित गरिन् कि लगातार एपीएफको सफलतामा उनले आफ्नो योगदान प्रस्टै देखिने गरी प्रदर्शन गरिरहेकी छन् । पाँच फिट ८ इन्च अग्ली २५ वर्षीया यी भलिबल सुन्दरीले राष्ट्रिय टोलीबाट खेल्न थालेको पाँच वर्ष भयो । तर, राष्ट्रिय टिमको प्रतियोगिता नै कम भइरहेको अवस्थामा उनले खेल्ने अवसर कमै पाएकी छन् ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?