२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डुओमा फोटो पनि

हेलो टेक

गुगलले भिडियो च्याट सहज बनाउने उद्देश्यसहित ‘डुओ’ एप ल्याएको थियो  । भिडियो च्याट मात्रै गर्नेको लागि यो एप प्रभावकारी छ तर गुगलका अन्य उत्पादनजस्तै धेरै लोकप्रिय भने छैन  ।

डुओमा फोटो पनि

चल्तीका सबै म्यासेजिङ एपले भिडियो कलिङको फिचर ल्याएकाले भिडियो कलका लागि मात्रै यो एप प्रयोग गर्नेको संख्या कमी भएको हुन सक्छ ।डुओसँगै गुगलले अडियो च्याटका लागि अलो एप पनि ल्याएको थियो । यो बन्द भइसक्यो । गुगलले डुओलाई लोकप्रिय बनाउन धेरै ऊर्जा खर्चिएको छ । चाँडै डुओमार्फत प्रयोगकर्ताले भिडियो कल मात्रै नभई फोटो पनि पठाउन सक्नेछन् । अहिले केही सीमित प्रयोगकर्तालाई मात्रै उपलब्ध गराइएको यो फिचरले डुओमार्फत आफ्नो मोबाइल डिभाइसमा भएको फोटो पठाउन मिल्नेछ ।

प्रकाशित : असार १३, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?