२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सामसङलाई फाइदा

हेलो शुक्रबार

 
सामसङले ओगटिरहेको सबैभन्दा बढी फोन बिक्री हुने ब्रान्ड सन् २०२० सम्ममा आफ्नो पोल्टामा पार्ने हुवावेको सपना अबका लागि असम्भवजस्तै हुनेछ  । यसै साता अमेरिकी कम्पनी गुगलले चिनियाँ कम्पनी हुवावेलाई आफ्नो एन्ड्रोइड सेवाको पहुँच सीमित पार्ने भएको छ  ।

सामसङलाई फाइदा

यसले हुवावेको फोन व्यापारमा केही धक्का पुग्ने धेरैको अनुमान छ । हुवावेले भने सफ्टवेयरको आफ्नै इकोसिस्टम विकास गर्ने भनेर घोषणा गरिसकेको छ । भविष्यमा हुवावेले विकास गर्ने सफ्टवेयरको इकोसिस्टम एन्ड्रोइडभन्दा पनि बढी प्रयोगकर्तामैत्री र व्यापक हुन सक्छ । तर अहिलेको सत्य के हो भने एन्ड्रोइड अपरेटिङ सिस्टम संसारभरका प्रयोगकर्ताले सबैभन्दा बढी रुचाएको प्लेटफर्म हो र हुवावेसहित धेरै फोन निर्माताहरूले यसैलाई आफ्नो आधार बनाइरहेका छन् ।


स्मार्टफोन बजारमा आफ्नो सबैभन्दा बलियो प्रतिस्पर्धी हुवावेलाई अमेरिकी कम्पनी गुगलले आफ्नो सेवाको पहुँच सीमित मात्रै दिने भएपछि यसको सबैभन्दा बढी फाइदा सामसङलाई हुने अनुमान छ । सामसङलाई उछिन्ने रणनीतिअनुसार नै हुवावेले पछिल्लो समयमा सफलता हासिल पनि गरिरहेको छ । हुवावेलाई गलाउने अमेरिकी रणनीति अनुसार आएको पछिल्लो कदम लामो समय गए यसको सबैभन्दा बढी फाइदा सामसङलाई नै हुनेछ । हुवावेको अहिलेको फोनमा भने अझै तीन महिना गुगलको सेवा सुचारु रहन सक्ने अमेरिकी निकायको निर्णय गरिसकेको छ । आफ्नो प्रतिस्पर्धीमाथि घटेको यो घटना परिघटनाको फाइदा पनि छँदैछ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता गरेको एक निर्णयको आधारमा अमेरिकी कम्पनी गुगलले चिनियाँ कम्पनी हुवावेमाथि लामो समयसम्म व्यापार सम्बन्ध नराख्ने निर्णय गरेको हो । यो गुगलको रुचिभन्दा पनि एक प्रकारको बाध्यता पनि हो । गुगलको यो निर्णय तीन महिनापछि लागू हुनेछ । यसले हुवावेको फोनमा सेक्युरिटी अपडेट, जिमेल, गुगल असिस्टेन्ट, गुगल प्ले स्टोर, गुगल म्याप, गुगल सर्चजस्ता सेवाहरू उपलब्ध हुने छैनन् । योबाहेक हुवावेले आफ्नो आगामी फोनमा गुगलबाट कुनै प्राविधिक सहायता पनि पाउने छैन । गुगलबाहेक अमेरिकी ब्रान्ड इन्टेल, क्वालकम र ब्रोडकमले पनि अमेरिकी सरकारको रणनीतिमा समर्थन जनाएका छन् । यसको अर्थ हो गुगलले अन्य चिप निर्मातासहित स्मार्टफोनमा महत्त्वपूर्ण अर्थ राख्ने ब्रान्डबाट कुनै सहयोग प्राप्त गर्ने छैन । हुवावेले गुगलको निर्णयप्रति असहमति जनाउँदै प्रतिक्रिया पनि दिइसकेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमलाई लोकप्रिय बनाउन हुवावेको पनि भूमिका रहेको उसको तर्क छ ।


पछिल्लो समय अमेरिकी सरकारबाट विरोध खेप्दाखेप्दै पनि हुवावेले विश्वव्यापी फोन बजारमा आधिपत्य बढाउँदै लगेको थियो । फ्ल्यागसिप फोनमा पनि उसले प्रतिस्पर्धी सामसङलाई पछि नै पार्‍यो । सामसङको ग्यालेक्सी एस टेनभन्दा
हुवावेको पी थर्टी प्रोले राम्रो समीक्षा पाएको छ । राजनीतिक कारणले हुवावेको फोन बिक्रीमा असर पर्दा यसको प्रत्यक्ष
फाइदा युरोपसहितका देशमा सामसङले उठाउनेछ ।

[email protected]

प्रकाशित : जेष्ठ १०, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?