कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जस्टिन–एड सेरेनको “टिपअप”

लोकप्रियताको शिखरमा रहेका पप स्टारद्वय जस्टिन बिबर र एड सेरेनको ॅसरप्राइज’

सबभन्दा रुचाइने पप स्टार हुन्, जस्टिन बिबर  । उनी जे गाउँछन्, सुपरहिट भइदिन्छ  ।

जस्टिन–एड सेरेनको “टिपअप”

एड सेरेन पनि जस्टिनको छेउछाउ पुग्दैछन् । ‘थिंकिङ आउट लाउड...’ ले बेलायत र वरपरका मुलुकमा सीमित उनको लोकप्रियता संसारभर छर्‍यो । हल्काफुल्का पश्चिमा संगीतमा चाख राख्नेले यी गायकलाई सुनेकै हुन्छन् । तन्नेरी दर्शक/श्रोतामाझ त ‘हटकेक’ भइहाले । यी दुवै यतिबेला विश्व संगीतको केन्द्रमा छन् । नहुनु कसरी, दुवैले एउटै गीत ‘आई डन्ट केयर...’ गाएपछि । अर्थात्, उनीहरूले ‘मलाई मतलब छैन’ भन्दै गाएको गीतलाई दुनियाँले मतलब दिएको छ । दुई दिनमा ३ करोड भ्युज बटुल्यो युट्युबमा । कस्तो लोभलाग्दो क्रेज ?


त्यसो त, जस्टिर र एड सेरेनको यो पहिलो सहकार्य होइन । जस्टिनको ‘लभ योरसेल्फ...’ त पक्कै सुन्नुभएको होला । सन् २०१५ को अन्त्यतिर रिलिज यो गीतले जस्टिनलाई नयाँ उचाइ दियो, ग्रामी अवार्ड्समा दुई विधामा मनोनयन भयो । यही गीतबाट २०१६ भर जस्टिनले राज गरिरहे । यो गीतका रचनाकार अरू कोही नभएर एड सेरेन थिए । उनले यो गीत आफ्नो तेस्रो एल्बम ‘डिभाइड’ का लागि लेखेका थिए । तर जस्टिनले गाउने भएपछि खुसीखुसी दिए । हालसालै एक अन्तर्वार्तामा एड सेरेनले भनेका छन्, ‘जस्टिनले त्यतिबेला नगाएको भए यो गीत अझ सार्वजनिक हुने थिएन । मैले अलि पछि रिलिज गर्छु भनेर राख्या थिएँ ।’ ‘लभ योरसेल्फ...’का केही शब्दहरूचाहिँ जस्टिनले पनि मिलाएका थिए । त्यसैले सङराइटरमा जस्टिनलाई पनि क्रेडिट दिइएको छ । के भनिन्छ भने, जस्टिनले ‘लभ योरसेल्फ...’ को सट्टा ‘फक योरसेल्फ...’ गाउन चाहेका थिए तर एड सेरेनले मानेनन् ।


‘लभ योरसेल्फ...’ हिट भइरहँदा एड सेरेन ‘थिंकिङ आउट लाउड...’ बाट चम्किरहेका थिए । अर्को साल, ‘सेप अफ यु...’ आयो, त्यसपछि त सबथोक बदलियो । यो गीतको रेकर्ड त कत्ति हो कत्ति ! यूके, अस्ट्रेलिया, क्यानडासहित ३४ देशमा एकसाथ नम्बर वानमा बस्यो । संगीतसम्बन्धी ग्यागजिन विलबोर्डले बेस्ट पर्फिङ सङ अफ २०१७ घोषणा गर्‍यो । युट्युबमा दुई अर्ब भ्युज बटुल्ने पहिलो गीत यही हो । एड सेरेनले ‘वर्ल्ड टुर’ गरे । अर्को वर्ष ‘पर्फेक्ट...’ ले उस्तै कमाल गर्‍यो । बरु जस्टिन संगीतभन्दा पारिवारिक जीवनमा बढी मस्त हुन थाले । उनकै शब्दमा, आफ्नै लागि ‘ब्रेक’ लिए । गाउँदै नगाएको चाहिँ होइन । बिस्तारै चर्चा सुरु हुन थाल्यो, जस्टिन र एड सेरेन पनि सहकार्य गर्दैछन् । किनभने, जस्टिनले निक्की मिनाज, डार्के, जडेन स्मिथ, डिप्लो, डिजो खालिदजस्ता एक दर्जन कलाकारसँग सहकार्य गरिसकेका थिए ।


‘आई डन्ट केयर...’ फ्यानका लागि त प्रतीक्षित थियो नै, उनीहरूले पनि निकै महत्त्व दिएको देखियो । रिलिज हुनु दुई साता अगाडिबाटै प्रमोसनमा जोडतोडका साथ लागे । जस्टिनले इन्स्टाग्राम र ट्वीटरमा भिडियो मेकिङको फोटो सार्वजनिक गरे, फ्यानसँगको अन्तरक्रिया बढाए । प्रमोसनमा उनकी पत्नी हैली वाल्डिनले पनि सक्रियता देखाइन् । एड सेरेन त इन्स्टाग्राममा लाइभ नै आए । पहिले एड सेरेनको अफिसियल युट्युब च्यानलमा रिलिकल भिडियो अपलोड गरियो, एक सातामै यसको भ्युज ४ करोड नाघ्यो । नेपालमा पनि यो गीतको भिडियो युट्युब ट्रेन्डिङमा अगाडि आयो ।


पश्चिमा मिडियाले लेख्न थालिसकेका छन्, ‘आई डन्ट केयर...’ यो वर्षको सर्वाधिक हिट गीतमा आउन सक्छ । सँगै यसो पनि लेखेका छन्, दुनियाँले प्रतिस्पर्धी ठानेका यी दुई अति लोकप्रिय कलाकारले सहकार्य गर्नु आफैंमा चमत्कार हो । फ्यानको माग र अपेक्षाचाहिँ यस्तो छ, जस्टिन र एड सेरेनले भविष्यमा पनि सँगै गीत गाउनुपर्छ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित : जेष्ठ १०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?