१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मोबाइलजस्तै टीभी

मोबाइल निर्माणका लागि चर्चित कोरियन कम्पनी सामसङले मोबाइलजस्तै टीभी सार्वजनिक गरेको छ  । यसलाई मोबाइलजस्तै तेर्सो र ठाडो रुपमा प्रयोग गर्न सकिन्छ  ।

मोबाइलजस्तै टीभी

‘सेरो’ नाम दिइएको ४३ इन्चको टेलिभिजनमा सामसङको बिक्सबाई सपोर्ट पनि रहनेछ । आगामी महिनादेखि कोरियामा सेरा टीभीको बिक्री सुरू हुने सामसङले जनाएको छ । त्यसपछि अन्य देशमा पनि बिक्री गरिनेछ । सामसङले पछिल्लो समय टेलिभिजनमा नयाँ–नयाँ प्रयोग गरिरहेको छ । उसले गत वर्ष काठको फ्रेम भएको टेलिभिजन ल्याएको थियो । टेलिभिजन प्रयोग नभएको अवस्थामा विभिन्न पेन्टिङजस्ता तस्बिर देखाउन मिल्ने उक्त टेलिभिजनको विशेषता थियो । टेलिभिजन प्रयोग नहुँदा पनि स्क्रिन पेन्टिङजस्तो देखियोस् भनेर त्यस्तो गरिएको थियो ।

प्रकाशित : वैशाख २०, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?