१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एक्सेलमा नयाँ फिचर

काठमाडौँ — मोबाइलमा एक्सेल चलाउन पाउनु कहिलेकाहीँ ज्यादै उपयोगी हुन्छ  । एन्ड्रोइड प्रयोगकर्ताले भने यसै सातादेखि एक्सेलमा नयाँ फिचर पाउने भएका छन्  ।

एक्सेलमा नयाँ फिचर

मोबाइलमा एक्सेल चलाउनेहरूका लागि नयाँ फिचर इम्पोर्ट फ्रम पिक्चर आएको छ ।


यो फिचरले प्रयोगकर्तालाई कुनै डाटाको फोटो खिचेर एक्सेल सिटमा परिवर्तन गर्ने सुविधा दिन्छ । यसको उपयोगिता के हुन्छ भने कुनै तथ्यांक एक्सेलमा एक–एक गरी भर्नुको साटो फोटो खिचेर एकै पटक राख्न मिल्छ । यसरी एक्सेलमा लगिएको तथ्यांक तत्काल इडिट गर्न पनि मिल्छ ।


यसै साता केही प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड डिभाइसको एक्सेल एपमा यो फिचर देखेका छन् । यस्तो फिचर माइक्रोसफ्टले गत सेप्टेम्बरमै घोषणा गरेकाले सम्भवतः चाँडै सबै प्रयोगकर्ताले यसको प्रयोग गर्न पाउने अपेक्षा छ ।

प्रकाशित : चैत्र ८, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?