तंग्रिँदै मोट्ली क्र्यु

हिमेश

काठमाडौँ — मोट्ली त्र्यु यति विवादमा फसेको ब्यान्ड हो कि यसको चर्चा गरेर साध्य छैन  । ब्यान्डको बायोपिक चाँडै निस्कन लागेको छ, केही दिनमै  ।

तंग्रिँदै मोट्ली क्र्यु

नाम रहेको छ, ‘द डर्ट’ । यसमा केही हदसम्म कमेडी पनि हुनेछ । तर सबैभन्दा महत्वपूर्ण तथ्य यसमा ब्यान्डले बेहोरेका सबै उतारचढावलाई समेट्ने प्रयास भने हुनेछ ।

म्याडोनाको ‘लाइक ए भर्जिन’ गीत कसले मात्र सुनेको छैन होला र ? म्याडोनाको सिग्नेचर गीत भन्दा हुन्छ, यसलाई । यी अमेरिकी गायिकालाई स्थापित गराएको यसै गीतले हो । यही पप गीत मेटल भर्सनमा कस्तो होला त ? कि यो हावादारी सोच माक्र हो ? धेरैलाई यस्तै लाग्न सक्छ । तर एक दिन मोट्ली त्र्यु ब्यान्डका ड्रमर टोमी लीलाई के लागेछ भने यो गीतलाई कभर सङ बनाउने हो भने कम्ती राम्रो हुने छैन । के यस्तो पनि हुन सक्छ र ? जति बेला यसले आकार लियो, ब्यान्डका बास गितारिस्ट निकी सिक्सले थपिहाले, यो त गज्जब गीत बनेको छ है । गज्जबको मेटल गीत । यो सबै प्रसंग किन भन्दा अमेरिकाको यस सफलतम ब्यान्डको बायोपिक चाँडै निस्कन लागेको छ, केही दिनमै । नाम रहेको छ, ‘द डर्ट’ । यसमा केही हदसम्म कमेडी पनि हुनेछ । तर सबैभन्दा महत्त्वपूर्ण तथ्य यसमा ब्यान्डले बेहोरेका सबै उतार चढावलाई समेट्ने प्रयास भने हुनेछ । आखिरमा मोट्ली क्र्यु यति विवादमा फसेको ब्यान्ड हो कि यसको चर्चा गरेर साध्य छैन् ।


सन् १९८१ मा लस एन्जलसमा स्थापित यस ब्यान्ड जति विवादमा फसेको छ, यो उत्तिकै सफल पनि छ । नत्र उसको १० करोड एल्बम त्यसै बिक्री हुने थिएन् । सन् अस्सीको सुरुमा तिनै ली र सिक्सले यो ब्यान्डको स्थापना गरेका थिए, त्यसमा पछि जोडिए, गायक भिन्स नेल र लिड गितारिस्ट मिक मार्स । यो लाइन अपमा केही समय तलमाथि भए पनि अहिले आएर यही कायम छ । मोट्ली क्र्यु भन्नु नै यही चार सदस्य हुन् । अरू केहीलाई ब्यान्डमा सम्मिलित हुँदा यो जम्नै सकेन् ।


‘गर्ल्स गर्ल्स गर्ल्स’ । यो गीतलाई त धेरैले सुनेकै हुनुपर्छ । छैन भने फेरि एकपल्ट सुने हुन्छ, यो नै ब्यान्डको सिग्नेचर गीत हो । यो गीतले नै ब्यान्ड कस्तो हो भनेर देखाउने गर्छ । तर यो नै मोट्ली क्र्युको सबैभन्दा बढी मन पराइएको गीत भने होइन । उसको उत्तिकै लोकप्रिय अरू गीत पनि छन् । जस्तो, ‘किक स्टार्ट माई हार्ट’, ‘होम स्विट होम’ र ‘डाक्टर फिलगुड’ आदि आदि । सन् ९० को सुरुआतसम्म ब्यान्ड निकै सफल रह्यो र व्यावसायिक रूपमा पनि अब्बल रह्यो । मोट्ली क्र्युसँग जोडिएको एउटा तथ्य के हो भने ग्ल्याम मेटल सुरु गर्ने केही खास ब्यान्डमा यो पनि पर्छ । सन् १९८५ मा निस्केको यसको तेस्रो एल्बम ‘थिएटर अफ पेन’ यसको राम्रो उदाहरण हो । त्यसैले पनि भन्न सकिन्छ, मोट्ली क्र्युले ‘लाइक ए भर्जिन’ माथि न्याय गर्न सक्छ । सन् ९० पछि भने यसको सफलता ओरालो लाग्यो र यसको कारण हो, ब्यान्डका सदस्यको ड्रग्स प्रयोग गर्ने खराब बानी र यससँगै जोडिएको विवाद । यसै कारणले उनीहरू धेरैपल्ट जेल पनि पुगिसकेका छन् ।


यी सबै घटनाक्रमलाई देखाउने प्रयास गरिएको छ, यही ‘द डर्ट’ मा । यी सबै ड्रग्सका घटना नदेखाउने हो भने त्यो मोट्ली क्र्युको बायोपिक नै नहुने यसका सदस्यको विचार छ । यसैका लागि भनेर ‘लाइक ए भर्जिन’ को कभर सङ पनि तयार भएको हो । यति मात्र होइन, अरू तीन नयाँ गीत पनि रिलिज हुनेछ । खासमा यो सबै भइरहेको, ब्यान्ड आफै तंग्रिँदै छ भनेर देखाउन पनि हो । लगभग तीन वर्ष भयो, मोट्ली क्र्यु टुरमा निस्कन छाडेको ।


ब्यान्डले त्यही बेला निर्णय गरेको थियो, अब थप टुर हुने छैन । त्यसैले त्यही बेला खुबै हल्ला चल्यो, अब ब्यान्ड टुक्रिने भयो भनेर । तर यसको खण्डन गर्न गायक नेल अगाडि सरे । उनकै भाषामा भन्ने हो भने ब्यान्ड उक्तिकै सत्रिय छ, खालि टुर नगर्ने मात्र हो । उनको कतिसम्म दाबी छ भने ब्यान्डले नयाँ एल्बमकै लागि प्रयास गर्नेछ । अहिले तत्काल भने ब्यान्डका सबै प्रशंसक ‘द डर्ट’ को प्रतीक्षामा हुनेछन्, किनभने यसले ब्यान्डको वास्तविक कथा भन्ने छ ।

प्रकाशित : चैत्र १, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?