म्यासेन्जरमा डार्क मोड

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यासेन्जरले पनि डार्क मोड उपलब्ध गराउने भएको छ  । विशेषगरी रातिको समयमा डार्क मोड उपयोगी हुनेछ  ।

म्यासेन्जरमा डार्क मोड

म्यासेन्जरले पनि डार्क मोड उपलब्ध गराउने भएको छ । विशेषगरी रातिको समयमा डार्क मोड उपयोगी हुनेछ । यसले प्रयोगकर्ताको आँखालाई सहज बनाउनेछ । यो सार्वजनिक भइसकेको छैन तर प्रयोगकर्ताले यसलाई म्यानुअल्ली प्रयोग गर्न भने सक्छन् ।


च्याटका क्रममा कुनै साथीलाई चन्द्रमाको संकेत पठाएमा प्रयोगकर्ताले डार्क मोडको सुविधा पाउँछन् । अहिले यो सबै देशका प्रयोगकर्ताले प्रयोगका लागि पाउने छैनन् । नेपाल र भारतसहित केही देशमा प्रयोगकर्ताले च्याटमा चन्द्रमाको इमोजी पठाएर यसको प्रयोग गर्न सक्छन् । कसैलाई चन्द्रमा इमोजी पठाउनेबित्तिकै सेटिङमा गएर डार्क मोड अन गर्ने सूचना पाउन सकिन्छ । फेसबुकले गत अक्टोबरमा यो फिचर ल्याउने घोषणा गरेको थियो ।

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?