कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

क्रसफिटको कमाल

मांसपेशीमा प्रत्यक्ष प्रभाव पर्ने गरी गरिने व्यायामले जीवनयापनमा उल्लेख्य प्रभाव पार्दछ ।
हेमन्त श्रेष्ठ

काठमाडौँ — जिम धाउने बहानामा घन्टौं बिताएर अव्यवस्थित तरिकाले अभ्यास गर्नु शरीरलाई अनावश्यक दबाब दिएर दुखाइ बेहोर्नुबाहेक अरु केही होइन ।

क्रसफिटको कमाल

आधुनिक र अव्यवस्थित जीवनशैलीले मानिसमा अल्छीपना बढाउँदै लैजाँदा विश्वमा संक्रमण नहुने रोगको जोखिम उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ । प्रतिएक सयमा करिब ५५ देखि ६० जना सम्मलाई मधुमेह, कोलस्टोर, उच्च रक्तचापलगायतका विभिन्न रोग रहेको अनुसन्धानहरूमा देखाइएको छ । त्यसको कारण आधुनिक र अव्यवस्थित जीवनशैली र खानपान नै हो ।


खानाका प्रकारहरू राम्रो हँुदाहुँदै पनि खाने तरिका नमिलेर रोगको जोखिम बढिरहेको छ । त्यसका लागि अव्यवस्थित खानपान नियन्त्रण गरी शरीरलाई तन्दुरुस्त राख्नलाई विभिन्न शारीरिक अभ्यासको विकास भयो । जसमध्ये क्रसफिट पनि एक हो ।


जर्ज ग्लासमेनले केही दशकअघि क्यालिफोर्नियाबाट क्रस फिट नाम दिएर सुरु गरेको शारीरिक अभ्यास काठमाडौं महाराजगन्जस्थित जिमखानासम्म आइपुगेको छ । र, यहाँ तीनकुने शिशिर राजभण्डारी हालै शारीरिक अभ्यास सकाएर घर फर्कन सुरसार गर्दैगर्दा भेटिए । अमेरिकामा क्लिनिकल एक्सरसाइज फिजियोलोजीमा स्नातक गरेका उनी करिब एक वर्षयता जिमखानामा आबद्ध छन् ।


३५ वर्षीय शिशिर यहाँ बिहान प्रशिक्षण गराउँछन् । यो एक समुदायमा आधारित शारीरिक अभ्यास हो । यसमा दिइने उत्प्रेरणाले दैनिक जीवनयापनलाई सजिलो बनाउँछ । सानो ठाउँमा पनि गर्न सकिने यो अभ्यास खेलाडीदेखि सामान्य गृहिणीका लागिसमेत उपयोगी रहेको उनले बताए । सामान्यतया साताको पाँच–छ दिन दैनिक एक घण्टा मेहनतका साथ अभ्यास गरेर खानपानमा ध्यान दियो भने आफूले खोजेजस्तो शरीर बनाउन सकिन्छ ।


खानामा कार्बोहाइड्रेड, प्रोटिन र फ्याटको मात्रा मिलाएर खानुपर्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्न सकोस् । साथै, शारीरिक अभ्यासका लागि दक्ष प्रशिक्षकको जरुरी पनि त्यतिकै आवश्यक पर्छ । दक्ष प्रशिक्षकको सल्लाहबमोजिम प्रशिक्षण गर्न आवश्यक छ । जिम धाउने बहानामा घन्टौं बिताएर अव्यवस्थित तरिकाले अभ्यास गर्नु शरीरलाई अनावश्यक दबाब दिएर दुखाइ बेहोर्नुबाहेक अरू केही होइन ।


क्रसफिट दैनिक जीवनमा उपयोगी अभ्यास हो । निश्चित उद्देश्यका साथ समय तोकेर समूहगत रूपमा गरिने यो अभ्यासले आफ्नो दैनिकीमा सहजता ल्याउँछ र शरीरको तौललाई समेत नियन्त्रणमा राख्छ । जुनसुकै उमेरका व्यक्तिले पनि क्रसफिट गर्न सक्छ । यसमा हरेक दिनजसो फरक–फरक व्यायाम गराइन्छ, जसले यसलाई अरूभन्दा भिन्न बनाइदिएको छ । समुदायमा आधारित शारीरिक अभ्यासका कारण सहकर्मीहरूलाई आफूले हौसला र प्रेरणा प्रदान गर्दै आफ्नो उद्देश्य प्राप्तिका लागि प्रशिक्षकले दिएको लक्ष्य पूरा गर्नुपर्छ । यसमा जो कोहीले पनि हौसला दिन सक्छ ।


क्रसफिटमा डेडलिफ्ट, वेट लिफ्टिनल, बेन्च प्रेस, स्क्वाड, क्लिन एन्ड जर्क, दौडजस्ता व्यायामहरू पर्छन् । शरीरको ठूलो मांसपेशीमा प्रत्यक्ष प्रभाव पर्ने गरी गरिने व्यायामले जीवनयापनमा उल्लेख्य प्रभाव पार्छ । मानिसको कामको प्रकृति हेरेर क्रसफिटको अभ्यासलाई वर्गीकरण गरेर पनि जीवनयापनलाई सहज बनाउन सकिन्छ । आफ्नो क्षमताअनुसार कामको प्रकृतिसँग मिल्ने अभ्यासले मात्र शरीरमा परिवर्तन आउने प्रशिक्षकहरू बताउँछन् । जुनसुकै अभ्यासमा पनि मिहिनेत गर्नैपर्छ । र, खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ अनिमात्र शरीर आफूले चाहेजस्तो हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ ।

[email protected]

प्रकाशित : माघ ४, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?