एक्सलको पुनरागमन

हिमेश

काठमाडौँ — लामो समय ‘गन्स एन रोजेज’ मा बिताएका एक्सल रोज ब्यान्डका पछिल्ला टुरमा पनि निस्किसकेका छन् । 
अब ‘एसी डीसी’ ब्यान्डको फ्रन्टम्यान नै एक्सल हुन् भन्ने हल्ला चल्यो । ‘एसी डीसी’ भित्रै कलह रहेको स्थितिमा 
यो पनि हल्लामै सीमित रह्यो ।

एक्सलको पुनरागमन

गन्स एन रोजेज’ ब्यान्डको अस्तित्व अहिले छ भन्न पनि गाह्रो । छैन भन्न पनि गाह्रो । भर्खरै यो ब्यान्डले एउटा लामो टुर सकाएको छ, ‘नट इन दिस लाइफ टाइम’ । खुबै सफल रह्यो, नत्र यसले ५६ करोड ३० लाख अमेरिकी डलर कमाउने थिएन् । यसमा ब्यान्डका तीन प्रमुख सदस्य सहभागी थिए, एक्सल रोजदेखि स्लायस र डफ म्याककेगन । तर ब्यान्डले कुनै नयाँ गीत रिलिज नगरेको पनि धेरै भइसकेको छ । दस वर्ष भन्दा बढी ।


सन् २००८ मा ब्यान्डले अन्तिक पटक एल्बम रिलिज गरेको थियो र त्यो थियो, ‘चाइनिज डेमोक्रेसी’ । टुरकै क्रममा के पनि हल्ला चल्यो भने अब ब्यान्डमा पुनर्मिलन हुनेछ । तर यो हल्ला भन्दा केही पनि बढी भएन् । धेरैको आशंका के छ भने ब्यान्डमा दुई फ्रन्टम्यान हुन्, एक्सल र स्लायसबीच सम्बन्ध राम्रो हुन सकेको छैन् । दुवैको कुरा मिल्दैन । टुर केही नभए पनि दुई वर्ष जति लामो थियो, तर यति समय सँगै बस्दा पनि मन भने मिलेन ।


त्यसैले पनि ब्यान्डलाई लिएर केही भइरहेको छैन । खासमा विवाद विषय संगीतको स्वरूपलाई लिएर हो । अब ‘गन्स एन रोजेज’ ले लिने गीतको दिशा हुनेछ, त्यसमै कुरा अड्केको छ । एक्सल एकातर्फ फर्केका छन् भने स्लाय्स अर्कोतर्फ । अहिले यो सबै चर्चा किन भन्दा एक्सल आफैले भर्खर एउटा नयाँ गीत रिलिज गरेका छन् । यो ‘गन्स एन रोजेज’ पाराको छैन, बरु यसमा केही न केही गन्ध ‘एसी डीसी’ को छ । त्यस्तै त्यस्तै सुनिन्छ ।


यहाँनिर सम्झनु नै पर्छ, एक्सलले लामो समय त्यही ब्यान्डमा पनि बिताएका छन् र केही टुरमा पनि निस्किसकेका छन् । हल्ला त के पनि चलेको थियो भन्दा अब ‘एसी डीसी’ ब्यान्डको फ्रन्टम्यान नै एक्सल हुन् । ‘एसी डीसी’ ब्यान्ड भित्रै कलह रहेको स्थितिमा यो पनि हल्लामै सीमित रह्यो । अहिले एक्सलले रिलिज गरेको गीत हो, ‘रक द रक’ । उनले त्यही ‘चाइनिज डेमोक्रेसी’ पछि कुनै नयाँ गीतमा स्वर दिएको नै यो पहिलोपल्ट हो ।


पहिलोपल्ट यो गीत झट्ट सुन्नुपर्छ, ‘गन्स एन रोजेज’ को कुनै पनि छनक पाइन्न । यो गीतमा उनलाई स्लायस र क्याककेगनले साथ दिएका पनि छैनन् । सायद एक्सल बढी नै ‘एसी डीसी’ सँग अभ्यस्त भए कि ? खासमा एक्सल ‘लोन्ली टाइम्स’ एमिनेटेड सिरिजका खुबै प्रशंसक हुन् । यसकै एक भागका रूपमा यो गीत रिलिज भएको हो । यसमा एक्सल आपैंm एमिनेटेड रूपमा छन् । क्रिसमसको समयलाई ध्यानमा राखेर रिलिज गरिएको यस गीतमा एक्सललाई साथ दिइरहेका छन्, बग्स बनी र पोर्की पिग्सले ।


गीतमा पृथ्वीमा पुगिरहेको हानिलाई लिएर चिन्ता छ र आफ्नो संगीतको माध्यमबाट सबैलाई एकजुट गरेर विश्वलाई बचाउने सन्देश दिइएको छ । जे होस्, एक्सलका लागि यो पुनरागमन हो । ‘गन्स एन रोजेज’ ले आफ्नो भर्खरै सकिएको टुरका क्रममा प्रत्येक कन्सर्ट अगाडि त्यही ‘लोन्ली टाइम्स’ को थिम गीत बज्ने गरेको थियो । यसलाई मीठो संयोग नै मान्नुपर्छ । कतै यही निहुँमा ‘गन्स एन रोजेज’ ब्यान्ड एकजुट हुने त होइन ? कम्तीमा सकारात्मक होऔं ।

twitter : @himeshratna

प्रकाशित : पुस २७, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?