२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्काइपमा सव–टाइटल

काठमाडौँ — माइक्रोसफ्ट स्वामित्वको भिडियो कलिङ एप स्काइपले चाँडै भिडियो कलमा लाइभ सव–टाइटल फिचर समावेश गर्ने घोषणा गरेको छ । यसको अर्थ हो– एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग भिडियो कलमा बोलेका शब्दहरू तत्काल अक्षरका रूपमा देखिनेछ ।

स्काइपमा सव–टाइटल

यसले विशेषगरी, श्रवण शक्ति नभएका वा कमजोर भएका प्रयोगकर्तालाई लाभ दिनेछ । यो सुरुवाती समयमा भने अंग्रेजी भाषामा मात्रै उपलब्ध हुनेछ ।


सव–टाइटल फिचर नयाँ फिचर एन्ड्रोइड, आईओएस, म्याक र विन्डोजको स्काइपको भर्सन ८ वा त्यसको अपडेटमा उपलब्ध हुनेछ । कम्पनीले यस्तो अटो क्याप्सन वा सव–टाइटललाई २० भन्दा बढी भाषामा अनुवाद गर्न मिल्ने बनाउने पनि घोषणा गरेको छ ।


प्रकाशित : मंसिर २१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?