१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जिमेलमा सुरक्षित रहने तरिका

हेलो टेक

काठमाडौँ — गत साता अन्य कम्पनीहरूले जिमेल प्रयोगकर्ताको इमेल पढ्न सक्छन् भन्ने खबरले तरंग ल्यायो । वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको समाचारमा जिमेलबाहेक अन्य कम्पनीका डेभलपरहरूले प्रयोगकर्ताको इमेल पढ्न सक्ने दाबी गरिएको थियो ।

जिमेलमा सुरक्षित रहने तरिका

उक्त दाबी सार्वजनिक भएपछि जिमेल असुरक्षित रहेको चर्चा व्याप्त भयो । अन्य कम्पनीका एल्गोरिदमले मात्रै नभई मानिसले नै इमेल पढ्न सक्ने दाबी गरिएकाले यसले गोपनीयता भंग हुने डर पनि फैलियो ।
प्रयोगकर्तालाई आफ्नो इमेल अरूले पढ्लान् भन्ने डर छ भने उनीहरूले सामान्य सुरक्षा अपनाएर यसलाई रोक्न सक्छन् ।


यसका लागि आफ्नो जिमेल एकाउन्टको दायाँपट्टि माथिल्लो भागमा रहेको प्रोफाइल पिक्चरमा क्लिक गरी गुगल एकाउन्टमा जानुपर्छ । अब खुल्ने नयाँ पेजमा प्रयोगकर्ताले विभिन्न थरी अप्सन देख्न सक्छन् ।


त्यहाँ सुरुमै रहेको साइन इन एन्ड सेक्युरिटी शीर्षकको तल रहेको एप्स विथ एकाउन्ट अप्सनमा गएर प्रयोगकर्ताले आफ्नो जिमेलमा पहुँच पाएका अन्य एपहरूलाई हटाउन सक्छन् ।
कुन–कुन आफ्नो जिमेलमा पहुँच पाएका छन् भन्ने प्रयोगकर्ताले देख्न सक्छन् । त्यहाँ रहेका एपमा क्लिक गरी रिभोक एक्सेस गरी उक्त एप्लाई आफ्नो एकाउन्टमा पहुँच बनाउनबाट रोक्न सकिन्छ ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?