१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

इन्स्टाग्राममा आईजीटीभी

हेलो टेक

काठमाडौँ — इन्स्टाग्रामले यो साता नयाँ फिचर सुरु गरेको छ । प्रयोगकर्ताका लागि लामो भिडियो राख्न र हेर्न मिल्ने सुविधालाई उसले आईजीटीभी नाम दिएको छ । इन्स्टाग्राममा लोकप्रिय रहेको छोटा–छोटा भिडियोभन्दा फरक यसमा लामा भिडियोहरू हेर्न सकिन्छ । इन्स्टाग्राम एपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर भेट्न सक्छन् ।

इन्स्टाग्राममा आईजीटीभी

यसले हरेक प्रयोगकर्तालाई आफ्ना च्यानल बनाउने र लामो भिडियो अपलोड गर्ने सुविधा दिन्छ । साथै, अरूले अपलोड गरेका लामा भिडियो हेर्न पनि सकिन्छ । यसमा भर्टिकल भिडियो मात्रै अपलोड गर्न मिल्छ ।


मोबाइलमा लामो भिडियो हेर्न सजिलो होस् भन्नका लागि यसो गरिएको इन्स्टाग्रामले जनाएको छ । प्रयोगकर्ताले च्यानल बनाउन मिल्ने, अरूले च्यानल बनाएर राखेको भिडियो हेर्न मिल्ने भएकाले भविष्यमा यसले लोकप्रिय भिडियो सेयरिङ साइट इन्स्टाग्रामसँग प्रतिस्पर्धा गर्ने विश्लेषकहरूको अनुमान छ ।

प्रकाशित : असार १५, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?