१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेड इन नेपाल

काठमाडौँ — मेड इन नेपाल एक्सपोको छैटौं संस्करणको नारा गज्जब थियो– हाम्रो पनि राम्रो पनि । अघिल्ला संस्करणमा हस्तकलाका उत्पादनको वर्चस्व हुने गथ्र्यो ।

मेड इन नेपाल

वास्तवमा अन्तर्राष्ट्रिय बजारमा चिनिएका नेपाली उत्पादन पनि हस्तकला नै हो तर अरु नेपाली उत्पादन पनि चलेका छन् । यसैलाई समेट्ने प्रयास मेड इन नेपाल एक्सपो २०७४ ले गर्‍यो ।

भृकुटीमण्डपमा आइतबार सकिएको एक्सपोमा ६९ वर्ष पुरानो कृष्ण पाउरोटीदेखि अन्तर्राष्ट्रिय बजारमा पनि राम्रै पकड जमाइसकेको गोल्डस्टार जुत्तासम्म राखिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको युवा उद्यमी मञ्चद्वारा आयोजित तीनदिने एक्सपोमा एक सय ४० स्टल थिए ।

त्यसमा मार्सी (कालो चामल) देखि कृषिजन्य अग्र्यानिक उत्पादन, नवलपरासीको फार्मबाट ल्याइएको टर्कीको मासु, म:म, कपडामा पाल्पाली ढाका, हाकुपटासी, थैली, स्थापित नपाली चाउचाउ रारा, वाईवाई र गलैंचा पनि थिए । साठी हजार बढीले हेरेको एक्सपोमा कारखानाको रोबोट शोले इनोभेटिभ प्रोडक्टको आकर्षण बढाएको थियो ।


भीर माहुरीदेखि घर माहुरीसम्मका मह प्रदर्शनीमा राखिएको थियो । मनमैजुका आमा समूहका नेवारी परिकारको स्टलले पनि एक्सपोलाई नेपालीपन दिएको थियो । धनगढी प्रिमियर लिग क्रिकेटलाई प्रवद्र्धन गर्न राखिएको ‘हिट एन्ड विन’ पनि एक्सपोमा सहभागीलाई मनोरञ्जन दिलाएको थियो । ‘नयाँ–पुराना र ऐतिहासिक नेपाली ब्रान्डहरुलाई एक्सपोमा ल्याइएको थियो । नेपाली ब्रान्डको विविधता नै यसपालिको मुख्य आकर्षण रह्यो,’ राइजिङ नेपालसँगै एक्सपोको इभेन्ट म्यानेजमेन्ट सम्हालेका माइस इन्टरनेसनलका प्रमुख दीपक थापाले बताए ।

प्रकाशित : चैत्र ९, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?