कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतमै खस्कँदो बलिउड

सुशील पौडेल

विश्वव्यापी रूपमै भारत जसरी ठूलो फिल्म उद्योगका रूपमा आकार बढाइरहेको छ, त्यसैगरी घरभित्रै खुम्चिरहेको पनि छ।

भारतमै खस्कँदो बलिउड

डेढ महिनाअघि बलिउडमा नयाँ घटना घट्यो। अमेरिकी फेन्टासी ड्रामा ‘द जंगल बुक’ ले भारतबाटै २२ दिनमा १ सय ५५ करोड भारुको कमाइ गर्‍यो। उक्त कलेक्सन सलमान खानको ‘दबंग २’ को भन्दा बढी हो। त्यसो त ‘द जंगल बुक’ ले गरेको उक्त कमाइ हलिउड फिल्मले अहिलेसम्म भारतभित्र गरेको कलेक्सनमा सर्वाधिक त थियो। 

यो सन् २०१६ मा रिलिज बलिउड फिल्मले गरेको कलेक्सन भन्दा पनि बढी रह्यो। अक्षय 
कुमारको ‘एयरलिफ्ट’ ले चार सातामा बनाएको १ सय २८ करोड भारुको कलेक्सनलाई जोन फाभ्रेउको ‘द जंगल बुक’ ले तोडिदिएको हो। ट्रेड एनालिस्ट तरण आदर्शले ‘द जंगल बुक’ बिजनेसलाई लिएर त ट्वीट नै गरे, ‘आइतबारदेखि शनिबारसम्म फिल्मले गरेको बिजनेस ग्रोथ ८५.७५ प्रतिशतसम्म रह्यो। जुन अत्यधिक हो।’ यो वर्ष भारतमा हलिउडको आधिपत्य नै चल्यो। 

‘द जंगल बुक’ को बलिउड डोमिनेन्ट शिलशिला ‘क्याप्टेन अमेरिका : सिभिल वार’ र अमेरिकन सपर हिरो फिल्म ‘एक्स–मिन : एपोक्यालिप्से’ ले पनि राखे। एक्स–मिन फ्रेन्चाइजले सँगै रिलिज भएको 
ऐश्वर्या रायको फिल्म ‘सरबजित’ लाई बक्सअफिस कलेक्सनमा पछि पार्‍यो। बलिउडका बिग बी अमिताभ बच्चनले भने हलिउड हेजोमोनीलाई ‘थ्रेट’ का रूपमा लिएका छन्। एक सन्दर्भमा उनले भने, ‘हामीले उनीहरूसँग लड्नै पर्छ। यो एउटा प्रतिस्पर्धा हो। 

हामीलाई थाहा छ, हलिउड एकदमै शक्तिशाली छ जसले स्थानीय फिल्म उद्योगलाई ध्वस्त पार्न सक्ने क्षमता राख्छ। बेलायत, जर्मनी, फ्रान्स, स्पेन अथवा जापानलाई ध्वस्त पारेजस्तै हलिउड यतिबेला बलिउड छिरेको छ।’ लामो समयपछि फिल्म ‘बिरप्पन’ लिएर आएका रामगोपाल बर्मासमेत हलिउड कार्टुन फिल्म ‘द एंग्री बर्ड्स’ को चपेटामा परे। तरण आदर्शले त ट्वीट नै गरे, ‘फेरि एकपटक हलिउड हाबी भयो।’ 

रिलिजको दिन अति हाइप पाएको ‘विरप्पन’ ले एक करोड ७७ लाख भारुको कलेक्सन गर्दा ‘द एंग्री बडर््स’ ले दोब्बर बढी दुई करोड १६ लाखको गरेको थियो। यस वर्ष रिलिज बलिउड फिल्मका लागि व्यापारमा हरेक साता हलिउड बाधकजस्तै बने। कट्रिना कैफ स्टारर ‘फितुर’ हलिउडको ‘डेडपुल’ सँग हार्‍यो। जबकि ‘डेडपुल’ कै कलेक्सन वल्र्डवाइट डिजास्टर रहेको थियो। ‘फितुर’ ले १९ करोड भारुको कलेक्सन गर्दा ‘डेडपुल’ ले नै भारतबाट २९ करोड उठाएको थियो। 

त्यसैगरी जोन अब्राहमको ‘रक्की ह्यान्डसम’ लाई एक सातामै ३६ करोड भारु कलेक्सन गर्दै ‘ब्याटम्यान भर्सेस सुपरम्यान’ ले उछिन्यो भने एनिमेटेड फिल्म ‘कुङ फु पान्डा’ ले करिना कपुर र अर्जुन कपुर अभिनीत ‘की एन्ड का’ लाई टक्कर दियो। हलिउडको बलिउडलाई माथ खुवाउने सिलसिला गत सातासम्म रह्यो। ‘द कन्जुरिङ २’ ले बलिउड रिलिज फिल्म ‘तीन’ र ‘दो लफ्जोकी कहानी’ दुवै फिल्मलाई कलेक्सनमा लोप्पा खुवाइदियो। पहिलो दिनको ‘द कन्जुरिङ २’ को भारतीय बक्सअफिस कमाइ सवा चार करोड भारु रहँदा अमिताभ बच्चन, विद्या वालन र नवाजुद्दिन सिद्धिकी जस्ता हस्ती अभिनीत ‘तीन’ ले मात्र २ करोड ७५ लाख र रणद्दीप हुडा र काजल अग्रवाल स्टारर ‘दो लफ्जोकी कहानी’ ले मात्र एक करोडको कलेक्सन गर्न सक्यो। हलिउड र बलिउड दुवै फिल्ममा व्यस्त इरफान खान भन्छन्, ‘दुवै उद्योगका आ–आफ्नै विशेषता छन्। तर हलिउडको पहुँच ठूलो र भाषा विश्वव्यापी छ। त्यसैले पनि शक्तिशाली छ।’ 

प्रकाशित : असार ३, २०७३ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?