कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक्टशाला @ पोखरा

शिव शर्मा

अभिनय सिक्ने हैन त ? यतिबेला पोखरेली तन्नेरीबीच यस्तै खासखुस हुने गरेको छ ।

एक्टशाला @ पोखरा
आफ्नो ड्रिम पूरा गर्न युवाहरू एक्टिङ सिक्न लालयित देखिएका छन् । यस्तोमा युवाहरू मिलेर अभिनयको पाठशाला संचालनमा ल्याएका छन् । फिर्के पोखराकी रिता केसी पनि अभिनयमा निखारता ल्याउन अभिनयमा लुप्त भएकी छिन् । फिर्के पोखराकी २० वर्षीया उनी मोडल पनि हुन ।
एक्टिङ सिक्न राजधानी नै पुग्नु पर्ने बाध्यतालाई सहज तुल्याउन युवाहरू जागरुक भएका हुन । र, प्लेटर्फम पनि बनाएका छन् । आफनै ठाउँमा एक्टशाला खुलेपछि युवाहरू उत्साहित छन् । अनुप बराल,  प्रकाश घिमिरे जस्ता हस्तीले देखाएको बाटोलाई आत्मसाथ गर्दै अभिनयको यात्रा फराकिलो बन्दैछ । यसको जिम्मेवारी तन्नेरी पुस्ताले लिएको छ ।
अभिनय सिक्ने चाहनेको एक्टशालातर्फ आकर्षण बढिरहेको छ । राजधानीमा रंगकर्म गरेका महेश श्रेष्ठ र अम्बर सुवेदीले तन्नेरीलाई एक्टिङमा आकषिर्त गर्न एक्टशालाको अवधारणा ल्याएका हुन । राजधानी पछि नाटक तथा कलाको गतिविधी पोखरामा बढी भएकाले पनि उनीहरूले तन्नेरीको रूचिलाई आत्मसात् गरेकेा बताए । महेश श्रेष्ठ एक दशकदेखि रंगमञ्च र फिल्म क्षेत्रमा सक्रिय युवा हुन ।
रंगकर्मी वीरेन्द्र हमालसँग अभिनय कला सिकेका उनले एक दर्जन नाटक र दुई दर्जन सडक नाटकमा पनि अभिनय गरेका छन् । पोखरा फिल्म सोसाइटीमा समेत आवद्ध श्रेष्ठले अभिनय सिकाउने यो डबली तयार गरेका हुन । उनले भने, 'एक्टशालाले सबैलाई एकत्रित पारेर नियमित अभिनयमा लगाएर खारिदै  जाने अवसर जुटाउनु हो ।'  
उनीसँगै अम्बर सुवेदीले यतिबेला प्रशिक्षण दिइरहेका छन् । सुवेदी पनि रंगकर्मि अनुप बरालसँग सिकेर र केही नाटक खेलेर आफनै थलोमा फर्केर आफू सिकेको ज्ञान बाड्न तम्सिएका हुन । नेपथ्य र नाइकेमा हिरोको रोल गरिसकेका रेम बिक पनि एक्टशालामा दिनहुँ भेटिने गरेका छन् । 'एक्टिङ सिक्न चाहने नयाँलाई यसले थप तिखारिन मदत गर्नेछ,' उनले भने ।
पछिल्लो समयमा पोखरामा सिनेमाको गतिविधि अधिक रूपमा बढेको छ । यहीबाट समेत ठूलो पर्दाको सिनेमा बन्न थालेपछि अभिनयमा आउन चाहने बढिरहेका छन् । राजधानीबाट सुटिङका लागि आउने फिल्म मेकरले समेत यहाँका कलाकार खोज्ने गर्छन् । त्यसो त पोखरामा कलाकारको पनि कुनै कमी छैन । यही आवश्यकतालाई मध्यनजर राखेर खोलिएको हो, एक्टशाला ।

प्रकाशित : आश्विन ३, २०७१ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?