कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

प्रयोगमा नआई डेढ वर्षदेखि थन्कियो जिल्ला अस्पताल सल्यानको अक्सिजन प्लान्ट

विप्लव महर्जन

सल्यान — कोरोना महामारीका बेला अक्सिजनको अभावमासंक्रमितको मृत्यु हुन थालेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोगमा नआई डेढ वर्षदेखि त्यत्तिकै थन्किएको छ । प्लान्ट संघीय सरकारको विनियोजन गरेको बजेटबाट खरिद गरिएको हो । 

प्रयोगमा नआई डेढ वर्षदेखि थन्कियो जिल्ला अस्पताल सल्यानको अक्सिजन प्लान्ट

विद्युत्तको भोल्टेज नपुग्ने र जेनेटर चलाएर अक्सिजन उत्पादन तथा सिलिन्डरमा भर्न महंगो पर्ने भएकाले चलाउन नसकिएको जिल्ला अस्पतालको छ ।

कोरोना महामारीका बेला संघीय सरकारले विनियोजन गरेको ७१ लाख अनुदानमा ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो । अक्सिजन प्लान्ट जडान गरेपछि बिरामीका आफन्त लगायत सम्बन्धित निकायलाई खाली सिलिन्डर बोकेर नेपालगन्ज, बुटवल, सुर्खेत, दांग जानुपर्ने बाध्यताको अन्त्य भएको थियो । अहिले पुनः त्यही अवस्था सिर्जना भएको छ ।

अक्सिजन प्लान्ट त्यत्तिकै थन्किएपछि जिल्लावासीहरु प्रभावित भएका छन् । घरमै सिलिन्डर राखेर दम लगायतका बिरामीलाई अक्सिजन लिँदै आएका बिरामीका आफन्त सिलिन्डर भर्नका लागि धेरै रकम खर्च गरेर जिल्ला बाहिर जान बाध्य भएका छन् । प्लान्ट संचालनमा नआउँदा जिल्ला अस्पताल सल्यानले नेपालगन्जबाट सिलिन्डर भरेर ल्याई बिरामीको उपचारमा प्रयोग गर्दै आएको छ ।

अक्सिजन प्लान्ट संचालन गर्न २ सय देखि २ सय २० वाटको भोल्टेज चाहिनेमा स्वास्थ्य सेवा कार्यालय तथा अस्पताल नजिकै विद्युत्त प्राधिकरणले जडान गरेको ट्रान्सफरमर सय वाटको मात्र रहेको र त्यसले प्लान्ट नचल्ने, जेनेटरबाट आर्थिक भार थाम्नै नसक्ने भएकाले प्रगोयमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले बताए । अति आवस्यक भएमा खाली सिलिन्डर नेपालगन्ज पठाई त्यहाँबाट भरेर ल्याई बिरामीको उपचारमा प्रयोग गर्दै आएको उनले जानकारी गराए ।

‘प्लान्ट संचालनमा नआउँदा अति आवस्यक भएलाई नेपालगन्जबाट भरेर ल्याएको सिलिन्डर प्रयोग गर्छौं नत्र अक्सिजन चाहिनेलाई कन्सन्ट्रेटरबाटै काम चलाई रहेका छौं,’ उनले भने ।

विद्युत्त प्राधिकरणलाई पटक पटक माग राख्दै आएको र केन्द्रसम्म पहल गरेपनि प्राधिकरणले बेवास्ता गरेको र नचाहँदा नचाहँदै पनि नेपालगन्जबाट सिलिन्डर भरेर ल्याउनुपर्ने अवस्था अवस्था भएको प्रमुख डा. बुढामगरले जानकारी गराए । ‘एउटा सिलिन्डर भर्न जेनेटरबाट १ हजार ५ सयको तेल खर्च लाग्छ । नेपालगन्ज पठाउँदा १ हजार २ सयले भरेको सिलिन्डर अस्पताल आइपुग्छ,’ उनले भने । जिल्ला अस्पताल सल्यानमा अहिले १ सय ६२ सिलिन्डर रहेका उनको भनाइ छ । लामो समयदेखि प्रयोगमा नआई त्यत्तिकै थन्किदा मेसिन काम नलाग्ने हुनसक्ने उनको भनाई छ ।

जिल्ला अस्पताल सल्यानका एमडीजीपी चिकित्सक डा. अभिषेक सिंहले कुनैपनि सामग्री संचालनमा आउनु र नआउनुले धेरै प्रभाव पार्ने बताए । अक्सिजन प्लान्ट संचालनमा आउन नसक्दा पहिला जस्तो ढुक्कसँग उपचार गर्न कठिनाई भएको र स्वासप्रस्वासमा समस्या भएका बिरामीको उपचार गर्दा भरी सिलिन्डर छ की छैन बुझ्नु पर्ने अवस्था रहेको उनले जानकारी गराए ।

‘१५ शय्याको जिल्ला अस्पतालमा अहिले ईमर्जेन्सी, इन्डोर र जनरल गरी ३७ बेड संचालन गरिएको छ । दैनिक १ सय बढी विरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये हिजोआज अक्सिजन चाहिने दैनिक जसो दमका तीन/चार जना, निमोनिया, मुटु लगायत अन्य रोगका बिरामी आउँछन् । बिरामी आएपनि अक्सिजनको अभावमा तिनीहरुलाई अहिलेसम्म बाहिर रिफर गर्नुपरेको छैन,’ उनले भने, ‘अहिलेसम्मलाई उपचार पाइरहेका छन् ।’

अस्पताल विकास समितीका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले अक्सिजन प्लान्ट लगायत अन्य सेवा विद्युत्तका कारण प्रभावित हुन नदिन विद्युत्त प्राधिकरण सल्यानमा हालको भन्दा बढी क्षमताको ट्रान्सफर्मर जडानका लागि माग राखेको बताए । विद्युत्त भोल्टेजको ख्याल नगरी अक्सिजन प्लान्ट जडान गर्दा अहिले समस्या देखिएको उनले जानकारी गराए । उनका अनुसार प्राधिरकणले जडान गरेको ट्रान्सफर्मरका कारण अन्य सेवामा पनि असर परेको छ ।

प्रकाशित : मंसिर १०, २०८० १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?