कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सेती अस्पतालमा सिकलसेलको जाँच नि:शुल्क  

मंसिर ६, २०८०
सेती अस्पतालमा सिकलसेलको जाँच नि:शुल्क  

(धनगढी) — धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको निदानका लागि मंगलबारदेखि प्रयोगशाला जाँच शुल्क नलाग्ने व्यवस्था गरेको छ । नि:शुल्क जाँच हुने भएपछि सिकलसेल एनिमियाका बिरामीहरुलाई केही राहत हुने भएको छ । यसअघि उक्त परिक्षण गर्न एक हजार शुल्क लाग्ने गरेको थियो ।

चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । सिकलसेल एनिमियामा रगतको रातो रक्तकोषलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई हँसियाको आकारको हुने गर्छ ।

यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रिमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार गत आर्थिक वर्षमा कैलालीका ५५० जना र कञ्चनपुरका २११ गरी ७६१ जनाले उपचार गराएका थिए ।


प्रकाशित : मंसिर ६, २०८० १३:३०
×