कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मंगलादेवी बर्थिङ सेन्टरको उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा सञ्चालित मंगलादेवी बर्थिङ सेन्टरको पनि मंगलबार औपचारिक रुपमा उद्घाटन भएको छ । समारोहमा अर्थमन्त्री डा. प्रकाशसरण महतले भारतले सञ्चालन गरेका यस्ता साना परियोजना प्रभावकारी र चाँडो निर्माण भएको बताए ।

मंगलादेवी बर्थिङ सेन्टरको उद्घाटन

साथै, भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मुस्ताङमा दुई वटा र बैतडीमा एउटा वर्थिङ सेन्टर बनाउने सहमति समेत भएको छ ।

‘कोभिडको बेला अन्य व्यवसायी नहुँदा प्राय सबैले जग्गामा लगानी गरे । अहिले पहिला जस्तो जग्गाको भाउ बढ्न सकेन । उत्पादनमूलक क्षेत्रमा लगानी कम भएकाले यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ,’ उनले दाबी गरे, ‘अहिले रेमिट्यान्स र विदेशी पर्यटक विस्तारै बढ्दै गएकाले निकत भविष्यमा अर्थतन्त्रमा सुधार हुनेछ ।’

सामान्य प्रशासन मन्त्री अनिता देवीले यस्ता बर्थिङ सेन्टर हरेक प्रदेशमा स्थापना गर्नुपर्ने बताइन् । ‘यसले बालमृत्यु दर घटाउन मद्दत गर्छ,’ उनले भनिन् । भारतीय राजदूत नविन श्रीवास्तवले मुस्ताङ र बैतडीमा बर्थिङ सेन्टर चाँडै बनाउन अर्थमन्त्रीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा.दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताए । ‘कोभिड जस्ता विपतको बेला झन् यसको भूमिका रहन्छ,’ उनले भने ।


प्रकाशित : कार्तिक २१, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?