सेतो कोट दिवसको अवसरमा स्वास्थ्यकर्मी सम्मानित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार 'विश्व मानसिक स्वास्थ्य दिवस' र 'सेतो कोट दिवस'को अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेका विभिन्न व्यक्ति एवं संस्थालाई सम्मानित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सम्मानितहुनेहरूलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेहरुमा भरतपुर अस्पतालका मानसिक रोग विज्ञ डा. सुनिलकुमार शाह, कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्का, ताप्लेजुङ जिल्ला अस्पतालकी नर्सिङ निरीक्षक विजया राई, मालिका गापा गुल्मकिा जनस्वास्थ्य निरीक्षक खिमराज पोखरेल, महाकाली प्रादेशिक अस्पतालकी स्टाफ नर्स कुमारीभावना शर्मा र मध्यपुर ठिमी नपाका जनस्वास्थ्य अधिकृत सुनकुमार राउत रहेका छन् ।
यस्तै संस्थाहरुमा बाराको महागाढीमाई नगरपालिका, मनाङको नासो गाउँपालिका, यूएसएआईडी, निक सायमन्स ईन्स्टिच्युड, नोराड र सीएमसी नेपाल सम्मानित भएका छन् ।
व्यक्तिगत योगदानका आधारमा सम्मानित हुनेहरुमा वरिष्ठ मानसिक रोग विज्ञ एवं पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठ, नेत्ररोग विज्ञ डा. सन्दुक रुइत, बालरोग विज्ञ डा. रमेशकान्त अधिकारी, जनस्वास्थ्य विज्ञ डा. मधु देवकोटा र काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ मकाजू छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका समाजिक विकास मन्त्री शुशिक्षा सिंखडा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्रप्रसाद सिंह र लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललाई पनि उल्लेखनिय काम गरेको भन्दै प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री बस्नेतले सम्मान गरेका थिए
प्रकाशित : आश्विन २४, २०८० १३:३१