कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

मेडिसिटीमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन सुरु

कोषबाट उपचार गरिने नयाँ पद्धति भित्रिँदै
कान्तिपुर संवाददाता

काठमाडौँ — नख्खुस्थित मेडिसिटी अस्पतालमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । उक्त सम्मेलनमा अमेरिका, इटाली, पाकिस्तान, भारत, श्रीलंकासहित नेपालका ५५ जना चिकित्सकहरूको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।

मेडिसिटीमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन सुरु

सामान्य भाषामा ‘स्टेम सेल’ भनेको शरीरको कच्चा पदार्थ जस्तै हो । यो कोषबाटै शरीरका अधिकांश भागमा कार्यगत क्षमता भएको विकसित कोष वा अंगको निर्माण हुन्छ ।

यो उपचार पद्धतिमा शरीरका यो विशेष कोष निकालेर बिरामीको समस्या परेको भाग (क्षतिग्रस्त तन्तु वा अंग) मा प्रत्यारोपण गरिन्छ । जसका कारण खराब भएका भाग वा अंग पुनर्योजित हुन सक्छ । औषधि वा अन्य चिकित्सकीय प्रक्रियाद्वारा निको पार्न नसकिएका समस्याका लागि यो एउटा उपयोगी विकल्प हुन सक्ने अनुसन्धानले देखाएको छ ।

नेपालमा पनि यस प्रकारको उपचार पद्धति केही समस्याका लागि प्रयोग गर्न सुरु भइसकेको छ । चिकित्सकहरूका अनुसार यो उपचार पद्धतिद्वारा हाल कपाल प्रत्यारोपण, घुँडा खिइएको समस्याका लागि प्रयोग भइरहेको छ भने भविष्यमा मिर्गौला, कलेजो, यौनरोग लागेकालाई मात्र नभई पक्षघात र अल्जाइमर जस्ता गम्भीर रोगको उपचारका लागि समेत प्रयोगबारे अनुसन्धान भइरहेको छ ।

डा. अजय साहका अनुसार यो उपचार प्रविधि भित्रिए सर्वसाधारणले स्वदेशमै गम्भीर प्रकृतिका रोगको समेत सहजै उपचार पाउने सम्भावना बढेर जान्छ । ‘यो अन्य उपचार विधिको तुलनामा महँगो पनि छैन,’ उनले भने, ‘सरकारले स्वीकृति दिएमा चाँडै परीक्षण सुरु गर्छौं ।’ उनका अनुसार यो उपचार पद्धति परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको छ । ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा स्वीकृतिका लागि प्रक्रियामा छ,’ उनले भने । विकसित देशहरूमा स्टेम सेल प्रत्यारोपण गरेर विभिन्न प्रकारका समस्याको उपचार सुरु भइसकेको छ ।

प्रकाशित : आश्विन २०, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?