काठमाडौंको एक विद्यालयमा ४ जनामा दादुरा पुष्टि 

काठमाडौँ — काठमाडौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ मा अवस्थित एक विद्यालयमा ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखामा कार्यरत एक स्रोतकाअनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुना परीक्षणका लागि ल्याइएकोमा आज ४ जनामा संक्रमण देखिएको हो ।

काठमाडौंको एक विद्यालयमा ४ जनामा दादुरा पुष्टि 

ती अधिकारीले भने–‘त्यहाँको एक विद्यालयमा करिब ५० जना विद्यार्थीहरुमा दादुराको शंकास्पद लक्षण देखिएको थियो । त्यहाँ विद्यार्थीहरुले खोप नलगाएको पाइयो । विद्यालय भएकाले पनि तीव्ररुपमा फैलिएको रहेछ ।’

विज्ञहरुकाअनुसार एकैपटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरालाई महामारीको रुपमा लिने गरिन्छ ।‘त्यो विद्यालयमा यसअघि कोभिडविरुद्धको खोप लगाउनका लागि गाह्रो भएको थियो । भित्र जानै नदिने । लगाउनै नमान्ने थिए । खोप नलगाएका कारण नै संक्रमण फैलिएको हो,’ ती अधिकारीले भने ।

खोपशाखाअनुसार दादुरा नियन्क्रणकालागि संत्रमित बिरामीको दुर्त गतिमा व्यवस्थापन भइरहेको छ । आउँदो शुक्रबार समुदाय तथा सरोकारवलाहरुको बैठक गरिने र आइतबार यदि आवश्यक भएमा दादुरा रुबेलाको खोप दिने योजना रहेको बताइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले नमुना परीक्षणकालागि पठाइएको तर संक्रमण पुष्टि भएको आधिकारिक पत्र नआएकाले अहिले नै भन्न नसकिने बताए ।उनले भने–‘हामीले शंकास्पदलाई आइसोलेसनमा राखेका छौँ। नमुना परीक्षणकोलागि एक हप्ताअघि पठाइएको हो । आधिकारिक रिपोर्ट आइसकेको छैन ।’ कुन विद्यालयमा संक्रमण देखिएकाे उनले खुलाउन चाहेनन् ।'आधिकारिक जानकारी आएपछि मात्र पत्रकार सम्मेलनबाट हामी जानकारी गराउँछाैँ ,'उनले भने ।

प्रकाशित : जेष्ठ २४, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?