२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने 

काठमाडौँ — सरकारले पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम विस्तार गर्ने योजना अघि सारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै ९ देखि १४ वर्षका किशोरीहरूका लागि एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने बताएका हुन् ।

पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने 

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यत्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) कार्यक्रम कार्यन्वयनमा ल्याउने बताए पनि हालसम्म यो सञ्चालनमा आउन सकेको छैन ।

सरकारले महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमशः देशभर विस्तार गरिने जनाएको छ । अघिल्ला वर्षहरू पनि घोषणा हुँदै आएको यो कार्यक्रम अझै पनि सुरु हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १५, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?