१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्वास्थ्यको बजेट घट्यो, ८३ अर्ब ९९ करोड विनियोजन

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

स्वास्थ्यको बजेट घट्यो, ८३ अर्ब ९९ करोड विनियोजन

संसद्को संयुक्त बैठकमा सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको बताए। यो बजेट गत वर्षभन्दा कम हो। अघिल्लो वर्ष सरकारले स्वास्थ्य मन्त्रालयलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट छुट्याएको थियो । आर्थिक वर्ष २०७९-८०को बजेटमा संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको थियो ।


प्रकाशित : जेष्ठ १५, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?