बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन तथा जुकाको औषधि खुवाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — बालबालिकाहरुलाई भिटामिन तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले एक कार्यक्रममार्फत यही वैशाख ६ र ७ गते औषधि खुवाउने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल खुवाउन लागिएको बताए । उनले भने–‘यो सरकारको नियमित कार्यक्रम हो ।प्रत्येक ६ –६ महिनामा खुवाइन्छ । खुवाउनका लागि सबैतिर पत्राचार भइसकेको छ।’

त्यसैगरी १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि आम वितरण अभियान पनि सञ्चालन गर्नेछ । औषधि खुवाउनका लागि अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वंयसेविकाहरुसँग सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित : चैत्र १६, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँ-१ मा कांग्रेस उम्मेदवार नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई

बारा-२ मा जसपा उम्मेदवारलाई सघाउने
कान्तिपुर संवाददाता

काठमाडौँ — तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ-१ मा यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो ।

यसअघि कांग्रेस उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । त्यस्तै पूर्वमन्त्रीसमेत रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए । तनहुँ-१ मा अन्य पार्टीले भने उम्मेदवार तय गरिसकेका छैनन् ।

त्यस्तै कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै बारा-२ मा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

त्यस्तै बारा-२ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो । चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।

प्रकाशित : चैत्र १६, २०७९ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×