नेपाललाई आँखा उपचारको गन्तव्य बनाउनुपर्छ : सभामुख घिमिरे

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारका लागि गन्तव्यको रुपमा विकास गर्न जोड दिएका छन् ।

सोमबार नेपाल नेत्रज्योति संघको स्थापना दिवसमा घिमिरेले स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारसँग सहकार्य गरी आँखा उपचारको क्षेत्रमा पर्यटन गन्तव्य बनाउन सकिने बताए ।

नेत्रज्योति संघ ४४ वर्ष पूरा गरी ४५ वर्षमा प्रवेश गरेको छ । उक्त कार्यक्रममा सघंका महासचिव भरतबहादुर चन्दले आगामी दिनमा संघ अन्तर्गत सञ्चालनमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरुलाई हरित अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

महासचिव चन्दका अनुसार हाल संघले आफ्नो २०२३ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारिरहेको छ। उनले भने–‘ई-हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थ, टेली अपथाल्मोलोजी लगायत अन्य आधुनिक प्रपिवधिको विकास तथा विस्तारमा नियमन गरिनेछ।’

हाल संघका ३७ आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु रहेका छन् । संघले विद्यालय आँखा जाँच कार्यक्रममार्फत् सन् २०१८ देखि २०२ सम्ममा देशका विभिन्न विद्यालहरुमा अध्ययनरत १० लाखभन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाच गरी हजारौँ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको छ । त्यसैगरी ५५० जना विद्यार्थीहरुको निःशुल्क आँखाको शल्यक्रियासमेत गरिएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्‍ने कार्ययोजना अघि बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ ।उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।

सोमबार मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा यो कामलाई सुरु गरिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो काम अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण समेत दिए ।

‘सवारी साधनहरुमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारे प्रक्रिया अघि बढेको पनि हो । अहिले अंग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गईरहेका छौं,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले यस कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने बताएका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×