नेपालको कोभिड खोप अभियानको डब्लुएचओले गर्यो प्रशंसा


काठमाडौँ — नेपालमा कोभिडविरुद्ध उच्च खोप कभरेजबारे डब्लुएचओले प्रशंसा गरेको छ ।सोमबार विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालसाग भेट गर्दै नेपालको खोप कभरेजबारे प्रशंसा गरेकी हुन् ।

सोमबारबाट सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले प्रधानमन्त्री दाहालसँग भेट गर्दै आगामी दिनमा सहयोग तथा साझेदारी भइराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
हाल नेपालमा कुल जनसंख्याको ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् भने लक्षित जनसंख्या(१२ वर्ष माथि) को ९५.७ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित : फाल्गुन ३०, २०७९ ११:१२