‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो- स्वास्थ्य - कान्तिपुर समाचार

‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो

रासस

काठमाडौँ — कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप सोमबार नेपाल आइपुगेको छ ।

फाइल तस्बिर : रोयटर्स

‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट सोमबार बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

डा. चौरसियाका अनुसार सोमबार ३ लाख ४५ हजार ६ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

सोमबारसहित बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय मात्रा खोप नेपाल आइसकेको छ । अब ४ लाख ६३ हजार मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गते ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

वार्षिकोत्सवका अवसरमा सेल्सबेरीले ल्यायो छुट अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — सेल्सबेरीले स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा लागेको अवसरमा छुट योजना ल्याएको छ । यो अवसरमा ग्राहकले सेल्सबेरीका स्टोरहरुबाट आकर्षक छुटमा सामान पाउने कम्पनीले जनाएको छ । सेल्सबेरीका अनुसार फागुन ३ गतेदेखि सुरू भएको छुट अफर २० गतेसम्म रहनेछ । 

वार्षिकोत्सवका असरमा कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा तथा उचित मूल्यलाई सधैं प्राथमिकतामा राखेर सेल्सबेरीले व्यवसाय गर्नेछ ।’ २०५० सालमा पोखराका चिप्लेढुङ्गामा स्थापना भएको सेल्वेजले पछि लेकसाइडमा शाखा विस्तार गरेको थियो ।

पोखराका विभिन्न ठाउँहरूमा आधुनिक सपिङको आभास दिइरहेको सेलवेज अहिले काठमाडौं उपत्यकामा पनि फैलिएको छ । हालसम्म सेल्सबेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार छन् । कम्पनीका अनुसार अहिले ६०० जनालाई प्रत्यक्ष रोजगारी पाइरहेका छन् । २०८० मा कम्पनीले पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तारको तयारी गरिएको जनाएको छ ।

सेल्वेज ग्रुपका अनुसार काठमाडौंको महाराजगन्जमा बनेको अत्याधुनिक सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर आगामी वैशाखबाट सञ्चालनमा ल्याउने तयारी छ । वि.सं. २०८२ सम्म शाखा संख्या ५० पुर्याउने र कम्तिमा १२ सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख बढी भेराइटीका सामाग्री ग्राहकसमक्ष उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७९ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×